साउन ३१, काठमाडौं- तालिबान निकै आक्रामक रुपमा अफगानिस्तामाथि कब्जा जमाउन थालेको छ । रोयटरले अफगानको आन्तरिक मन्त्रालयलाई उद्धत गर्दै तालिबान राजधानी काबुलको सबै नाकाहरु कब्जा गरिसकेको बताएको छ । उनीहरुले काबुलबाट बाहिरिने नाका पनि कब्जामा लिईसकेका छन् ।

अफगानिस्तानको अशरफ गनी सरकारको नियन्त्रणमा अब काबुलसहित देशका ३५ प्रान्तमध्ये ७ प्राप्त मात्रै बाँक्ी छन् । अन्तराष्ट्रिय समाचार एजेन्सी एपीले बताएअनुसार अहिले तालिबानका वार्ताकार सत्ता हस्तान्तरणको तयारीका लागि अफगानिस्तान राष्ट्रपति भवनमा वार्ताको क्रममा छन् ।

टोलो न्यूजका अनुसार अफगानिस्ताका कार्यबाहक आन्तरिक मन्त्री अब्दुल सत्तार मिर्जाकवालले शान्तीपूर्णं रुपमै सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । उनले काबुल निवासीलाई आश्वासन दिँदै सुरक्षा बलले शहरको सुरक्षा व्यवस्था सुनिश्चित गर्ने बताए । गनी सरकारले नागरिकलाई अप्ठ्यारोमा नपार्न यसअघि नै तालिवानलाई अपिल पनि गरेको थियो ।

गनी सरकारको अपिलका बीच शनिबार चौथो ठूलो शहर मजार ए शरीफ कब्जा गर्ने क्रममा चौतर्फी हमला गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय