तिलोचन गौतम
क्वालालम्पुर मलेसिया – गैर आवासीय नेपाली संघ मलेसियाले नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । यतिबेला मलेसियामा दुई कित्तामा बिभाजन भएर गैर आवासीय नेपाली संघ मलेसियाले छुट्टाछुट्टै आ-आफ्नै पक्षधर र समर्थक समाहित गर्दै अधिवेशन गर्ने तयारी थालेको बुझिएको छ।

आगामी अगस्ट ३१ तारिख आईतवार नवौं अधिवेशन तथा तीज कार्यक्रम आयोजना गर्ने समूहले अझैपनी सस्थामा आफुहरुले एकता चाहेको बताउदै जुलाइ २० को सहमती लाई कार्यनयन गर्छु भन्दा मिलेर जान सकिने प्रसस्त आधार रहेको बताउछन।

सबै एकाबद्व भएर जानुको बिकल्प नरहेको र दीर्घकालीन रूपमा संघलाइ सक्षम बनाउन सहमति र सामूहिकताकै बाटो तर्फ जानुपर्ने अविश्वास,अस्वस्त टिक्काटिप्पणि संस्थाको हितमा नभएको जनाउदै सबैले गैर आवासिय नेपाली संघको साझा संकल्पमा केन्द्रित हुनुपर्नेमा जोड दिदै सस्थाका पुर्ब महासचिव टिकाराम अधिकारीले पत्रकारहरूसँग विशेष छलफल कार्यक्रममा बताए ।

३१ अगस्टमा सबैलाई समेटेर समान अवसर दिएर नेतृत्व चयन गर्ने निष्कर्ष सहित अधिवेशनको आवश्यक तयारीमा जुटेको प्रमुख अतिथि व्यवस्थापनको काम सुरु भइसकेको निर्बाचन अधिकृत समेत तोकिसकिएको कार्यक्रमलाई बृहत बनाउन आयोजक टिम लागिपरेको संम्योजक इद्र नारायण लिम्बूले जानकारी दिनुभयो।

नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रमको लागि
नेपालबाट आमन्त्रित कलाकार गायिका शोभा त्रिपाठी , गायक बुद्ध लामा लगायत स्थानीय कलाकार हरु समेत प्रस्तुति रहेको कार्यक्रम भब्यताका साथ सम्पन्न गराउन आयोजक टिम लागि परेको नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम आयोजक समिति ले जानकारी दिएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय