काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले दावी गरेको छ ।
बुधबार बसेको प्रदेश १ समितीको पदाधिकारी बैठकले सरकारको नेतृत्व दावी गर्ने र त्यसको लागी अन्य पार्टीहरुसँग छलफल अघि बढाउने निर्णय गरेको प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ्गले जानकारी दिएका छन् ।
सरकार गठन र अन्य पार्टीहरुसँगको सहकार्यका लागी ३ सदस्सीय वार्ता टोली समेत गठन गरिएको स्रोतले बताएको छ । पार्टीका सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्र बहादुर आङ्बो र हर्कबहादुर नेम्बाङ्ग सदस्य रहेका छन् ।










