काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत) बीच भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न राउत आज प्रचण्डकै निवास खुमलटार पुगेका थिए ।

भेटका क्रममा प्रचण्ड र राउतबीच बधाई तथा शुभकामना आदान–प्रदान भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । प्रचण्ड गोरखा क्षेत्र नम्बर २ र राउत सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि राउत आजै बालवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । सो भेटका क्रममा रावतले आफू नेतृत्वको पार्टी सरकारमा समाहित हुन सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय