काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यो गठबन्धन अहिलेको लागि मात्र बनेको बुझ्न नहुने बताएका छन् । शुक्रबार काठमाडौं ७ मा पुगेका प्रचण्डले मानुषी यमी लगायत गठबन्धनका उम्मेदवारका लागि भोट मागेका छन् । मानुषीलाई भोट माग्दै प्रचण्डले भने ‘काठमाडौं ७ नम्बर क्षेत्रका मतदाता सचेत हुनुहुन्छ, यो कोर नेवार समुदाय रहेको क्षेत्र भएकाले एक युवा निडर महिला भोट दिनुहुन र त्यसको कदर उहाँले गर्नुहुनेछ ।’
प्रचण्डले मानुषी जी लाई जिताउँन सबै लाग्न उनले कार्यकता लगायत गठबन्धन सबैलाई आग्रह गरे । यो गठबन्धन संविधान र लोकतन्त्र जोगाउँन गरिएको प्रचण्डले बताए ।
प्रचण्डलेभने ‘आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य मात्र हैन, लोकतन्त्र जोगाउँने र लोकतन्त्र नचाहनेबीच मा प्रतिष्प्रर्धा हुदैछ, छान्ने जनताको हातमा छ । ‘
प्रचण्डले आफुलाई शान्ति सम्झौतामा हस्ताक्षर गराउँने कांग्रेसले गरेको भन्दै स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई पनि स्मण गरे । उनले गठबन्धनबाट सातै प्रदेशमा नेता कार्यकता भेला पारेर एउटा अपिल गर्ने समेत प्रचण्डले जानकारी दिए ।








