चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जुनसुकै फैसला मान्न तयार रहेको बताएका छन् । यग परिवर्त गर्न जनताले गरेको त्याग र योगदानलाई जनताले नजरअन्दाज भने नगर्ने उनले बताए । विगतमा जनयुद्ध छोडेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने बेलामा शान्ति सम्झौताताका गिरिजाप्रसाद कोइरालासँग नै जनताको फैसला मान्ने भनेर लागेकाले अहिले पनि चितनवका जनताले गरेको फैसला मान्न तयार रहेको उनले बताए ।

प्रेस सेन्टर चितवनले दशैंको शुभकामना आदान प्रदानका लागि गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनाव लगत्तै आफूलाई ५ वर्ष प्रधानमन्त्री खाने अफर आएको तर संविधान कार्यान्वयन मुख्य विषय ठानेर प्रधानमन्त्रीको दौडमा नलागेको उनले बताए । त्यस पछि पनि पटक पटकगरी ३ पटक प्रधानमन्त्रीको अफर आएको उनको दावी छ ।

अफर कसले गरेको हो भन्ने नखुलाएका अध्यक्ष प्रचण्डले अहिले पनि त्यो अफर आएको तर आफू प्रधानमन्त्री बन्ने रेशमा नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय