काठमाडौं, १४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी संघको निर्वाचनमा काठमाडौंमा काम गरेका, स्वतन्त्र चरित्रको ब्यक्तिलाई उठाउने अभिव्यक्ति दिएसङ्गै विद्युत प्राधिकरणको नेतृत्व सफलतापुर्बक सम्हालेका कुलमान घिसिङलाई काठमाडौ तीनबाट उठाउने चर्चा सुरु भएको छ ।

कुलमानले यसपटक निर्वाचन लड्न चाहेका र उनी काठमाडौं तीन वा उनको गृह जिल्ला रामेछापबाट उठ्न खोजेको उनी निकट स्रोतले बताएको छ ।

माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई काठमाडौंबाट नै उठाउन खोजेको संकेत देखिएको छ ।

केन्द्रीय सदस्यको हैसियतबाट काठमाडौं तीनको नेतृत्व सम्हालेका बद्रि बजगाइले त्यो कुरालाई पुष्टि हुने गरी भने, यो क्षेत्रमा कुलमानका निकट र आफन्तले यहाँबाट निर्वाचन लड्न आग्रह गरेको र कुलमानले निर्वाचन त लड्ने, यहाँ या रामेछापबाट अझै नटुङ्गिएको बताएका छन् । बद्रीका अनुसार कुलमानलाई त्यस क्षेत्रमा पार्टीले पठाएमा सजिलोसँग जित्नेछन् । –झिल्को डटकम

 


प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय