काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सय दिनमा १३ काम गरेको फेहरिस्त सार्वजनिक गरेका छन् । ठूला भनिएका दललाई चुनावमा हराउँदै साम्पाङले स्वतन्त्र रुपमा उपमहानगरपालिकाको मेयर जितेका थिए ।

मेयर जितेपछि आफै श्रमदान गर्न दौडिन थालेपछि उनको चर्चा चुलिएको मात्रै छैन, कतिपय विषयमा उनी विवादमा पनि परिरहेका छन् । जसकाकारण उनले आफुले सय दिनमा के गरयो भन्नेहरुलाई जवाफ दिन भन्दै १३ बुँदामा रहेर आफुले गरेको कामको फेहरिस्त उनले बिहिबार सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको लगायतका कामको विवरण सार्वजनिक गरेका छन् ।

यी हुन् १०० दिनमा गरेको भनिएको उनले सार्वजनिक गरेका १३ बुँदे काम

१) नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२) ४ ठाउँबाट खानेपानीको मूहान थपें
३) व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४) ६ लाख विरुवा रोपें
५) सरसफाइमा देखिने सुधार ल्याएँ
६) प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७) जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
८) बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन
९) लागु औषध विरुद्धको अभियान शुरु गरें
१०) योजनाहरुका लागि बजेटको जोहो गराएँ
११) पारदर्शी हिसाब किताब सार्बजनिक गरें
१२) पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३) शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय