
धनुषा ।कमला सिंचाइ व्यवस्थापन कार्यालय पोर्तहा धनुषाले
सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह भएको भन्दै आपत्ति जनाएको छ।
कार्यालयले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरि कार्यालय लाई बदनाम गर्ने समाजिक संजाल तथा समाचार अभिव्यक्ति विरुद्ध आपत्ति जनाइएको छ।
जारी गरिएको विज्ञप्तीमा गत भदौ ५ गते केहि सञ्चार माध्यमले समाजिक सञ्जल फेसबुक पेजमार्फत
मार्फत केही परिचय खुलेका तथा नखुलेका व्यक्तिहरुवाट यस कार्यालय र कार्यालयका कर्मचारीहरुलाई लच्छित गरी दिइएको अभिव्यक्तिका सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्ती मा कार्यालयको मुल प्रवेशद्वार संगै रहेको कार्यालयको बोर्ड अगाडी छायाङ्कन भएको देखिने उक्त सामग्रीमा यस कार्यालयमा विगतमा कार्यरत कर्मचारीहरु र हालः कार्यरत कर्मचारीहरु समेतको नामै किटान गरी कार्यालय र कार्यालयका कर्मचारीहरुको चरित्र हत्या हुने गरी बदनाम गर्ने उद्देश्यले निराधार र भ्रामक अभिव्यक्ति सम्प्रेषण भएको उल्लेख गरिएको छ।
कार्यालय प्रमुख बिरेन्द्र कु यादवको हस्ताक्षरित विज्ञप्ती मा
कमला सिंचाइ व्यवस्थापन कार्यालय, धनुषाले धनुषा र सिरहा जिल्लामा सतह सिंचाई मार्फत र सो जिल्लाहरु सहित सप्तरी, महोत्तरी र सिन्धुली गरी पाँच जिल्लाहरुमा भूमिगत सिंचाई कार्यक्रम मार्फत सिंचाइका संरचनाहरु निर्माण/मर्मतसम्मार गरी सिंचाइ सुविधा पुर्याउदै आएको छ। यस कार्यालयबाट तोकिएको वार्षिक कार्यक्रम तथा वजेट सीमा भित्र रही आफ्नो वार्षिक कार्यक्रमहरु कार्यान्वयन गर्ने क्रममा प्रचलित ऐन, नियम, निर्देशिका तथा विभागीय निर्देशन समेतको अक्षरस पालना गर्दै विद्युतीय माध्यमवाट बोलपत्र आह्वान गरी तथा यस कार्यालयमा नियमानुसार दर्ता तथा नविकरण भएका जल उपभोक्ता संस्था मार्फत साथै आवश्यक खरिद प्रकृया अपनाई कार्यहरु गरिदै आएको उल्लेख गरिएको छ।
विज्ञप्ती मा कार्यालयसंग कुनै प्रतिकृया नलिई एकोहोरो ढंगवाट समाजमा भ्रम सृजना हुने साथै कार्यालय र कार्यालयका कर्मचारीहरुको प्रतिष्ठामा आँच आउने गरी दिइएको अभिव्यक्ति सहितको प्रशारित सामग्रीमा मूलरुपमा जल उपभोक्ता संस्थामार्फत भएका कामहरुको सम्बन्धमा भ्रामक अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।
कार्यालयमा नियमानुसार दर्ता तथा नविकरण भएका जल उपभोक्ता संस्थाहरुले आवश्यक कामको विवरण उल्लेख गरी संस्थाको निर्णयसहीत कार्यालयमा लिखित निवेदन दिए पश्चात कार्यालयबाट स्थलगत निरिक्षण गरी वार्षिक कार्यक्रम तथा बजेटको सीमा भित्र रही प्राथमिकताका आधारमा आवश्यक कार्यहरु गर्ने गरेको साथै भएका कार्यहरुको भुक्तानीका समयमा नियमानुसार कट्टा गरीएको धरौटी रकम तोकिएको अवधी पश्चात आवश्यक कागजात (नविकरण भएको संस्था दर्ता प्रमाणपत्र, सम्बन्धीत ज.उ.सको निर्णय, अध्यावधिक वैड खाता, स्थायी लेखा नम्वर लगायत) सहित संस्थाबाट माग भई आए पश्चात कार्यालयले आवश्यक प्रकृया पुरा गरी फिर्ता दिने गरिएको विज्ञप्ती मा उल्लेख छ।
साथै तथ्यहीन समाचार प्रकाशन वा प्रसारण नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै हुदै नभएको विषयमा अनावश्यक भ्रामक र तथ्यहीन सामग्री प्रकाशन/प्रशारण नगरिदिन विज्ञप्ती मा उल्लेख छ।