राजु राई(२८ बर्ष) मोरङको केराबारी ५ सतिसालेमा बस्छन । बुवा–आमाका जेठ्ठा छोरा राजुको परिवारमा बुवाआमा, भाईबुहारी, बहिनी र श्रीमती छन । भाईबुहारी ५–६ बर्षदेखी दुबईमा रोजगारीको सिलसिलामा उतै बस्दै आएका छन । भाईको जस्तै राजुले पनि कुनै समय घरको आर्थिक स्थिती सुधार्न बिदेश जाने सोच बनाएर काठमाण्डौ सम्म गएका थिए तर उमेर सानै भएको कारण मेनपावरले लैजान नमाने पछि उनी घर फर्किए र बिदेश नजाने निर्णय गरि घरमा नै कृषि कर्ममा लागे ।

स्थानिय सावित्री माध्यमिक बिद्यालयबाट एसएलसी पछी उच्च शिक्षा पढ्न पैसा जुटाउन नसकेपछी उनले केही बर्ष ट्रेकिङ गाईडको रुपमा पनि काम गरे ।“ ट्रेकिङ गाईडको रुपमा काम गर्दा भेटिएका साथिहरुको सल्लाहमा बिदेश जाने रहर जाग्यो तर उमेर नपुगेकोले जान मिलेन अनि घर नै फर्किएर कृषि कर्ममा लागे“राजुले भने । बिदेश नजाने निर्णय गरेर फर्किएपछी धान फल्ने खेतमा उखु खेती गरे, घरमा सुरुमा सबैले गाली गर्नुभयो पछि आम्दानी भएपछी खुसी हुनुभयो र सहयोग गर्नु भयो ।

१०–१२ बर्ष अगाडीको कुरा सम्झदै राजुले भने“घरमा तथा छिमेकमा उत्पादन भएको उखु साईकलमा बोकेर १०–१५ किलोमिटरका बजारहरुमा आफै बेच्दै हिडे त्यसले राम्रो आम्दानी भयो“ । त्यसरी घरगाउमा नै बस्न थालेपछी सामाजिक कामहरुमा पनि सलग्न हुन थालियो र साईकलमा उखु बेच्न छोडेर फलफुल, बोटबिरुवाका बेर्ना उत्पादन र बिक्रीको काम थाले ।

हजुरबुवा अमृत बहादुर राईले त्यसरी बिरुवा उत्पादन गर्ने गरेको र राजुले उहाँ कै सिको गर्दै बेर्ना उत्पादन गरेर आम्दानी गर्ने गरेको राजुका बुवा कबिन्द्रले बताए । बिहान बेलुका घरखेतमा बुवाआमालाई सघाउने र दिउँसो बिद्यालयमा पढ्नुपथ्र्यो फेरि आर्थिक अबस्था कमजोर भएको कारण जेठ्ठो छोरोलाई उच्च शिक्षा दिन पनि सकिएन अहिले कृषि कर्मबाट छोराले राम्रै गरिरहेको बुवा कबिन्द्रले भने ।

राजु बिद्यालयमा पढ्दैखेरी बोटबिरुवा रोप्ने, गोडमेल गर्ने, बिरुवा उत्पादन गर्नमा रुचि राख्ने गरेको उनकी आमा मङ्गलमायाले बताउनु भयो । उनी सुपारी, कटहर, लिच्ची, आपका बिरुवा उत्पादन गर्ने र बेच्ने काम गर्ने गरेको आमा मङ्गलामायाले बताउनु भयो ।
अहिले राजुको बिरुवा उत्पादक कृषकसङ्गै अर्को एउटा एउटा परिचय थपिएको छ“मौरी पालक कृषक“ । मेनोनाईट सेन्ट्रल कमिटी नेपाल र ब्रेड फर द वल्र्ड जर्मनिको सहयोगमा पहाडी ग्रामिण बिकास सस्था(हर्डन)द्वारा सन्चालित “युवा स–शक्तिकरण तथा पर्याबरणमैत्री उधम परियोजनाले २ बर्ष अघि सन्चालन गरेको तालिममा सहभागी भएर मौरी पालन थालेका राजुले सुरु गरेको मौरी पालन ब्यबसाय हेर्न रहर लाग्दो छ ।

उन्नत जात र स्थानिय दुबै जातका गरि २५ वटा घारमा मौरी पालिरहेका राजुले अर्को बर्षसम्ममा ५० घार बनाउने लक्ष्यका साथ मेहनत गरिरहेका छन । बोटबिरुवासङ्ग ज्यादै घुलमिल भएको मलाई हर्डनले दिएको पशुपङ्क्षी तालिमबाट मौरी त प्रकृतिको महत्वपुर्ण जीव रहेछ भन्ने लाग्यो र यसैको पालनमा लागे– उनले भने । उनिसङ्ग अहिले उन्नत जातको मेलिफेरा मौरी ५ घार र स्थानिय जातको सेरेना मौरी २० घार रहेको छ ।

घर आसपास, राङ्चा गाउँ र फाटेमा राखेको मौरीको घारबाट यस बर्ष ३० केजि मह उत्पादन भएको थियो अर्को बर्ष कम्तिमा १०० केजि उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छु उनले भने । मौरी घार र मह दुबै कुराको माग ज्यादै छ तर उत्पादन गर्न नसकेको बताउदै कृषक राईले आर्थिक ब्यबस्थापन गर्न नसक्दा सोचेजस्तो ब्यबसाय बिस्तार गर्न नसकेको बताए ।

उनकी श्रीमती पार्बती घरायसी खर्च ब्यबस्थापनको लागि आफ्नै घरमा सानो किराना पसल सन्चालन गर्छिन । सो पसल भएको कारणले गर्दा पनि हालसम्म राजुले उत्पादन गरेका बिरुवा र मौरीको मह बिक्रीको कुनै समस्या छैन । उनले बिरुवा उत्पादनसङ्गै मौरी पालन ब्यबसायलाई निरन्तरता दिने सोचमा रहेको बताए । अहिले उक्त परियोजना अन्तर्गत ५% सहुलियत कर्जा लिएर ब्यबसाय गर्दै गरेको बताउदै राजुले ब्यबसाय बिस्तारको लागि थप सहयोग आबश्यक रहेको बताए ।

अहिलेसम्म सरकारी स्तरबाट कुनै सहयोग नपाएको बताउदै राजुले धरानका कृषक देबराज पाख्रीनले ४ घार मौरीको घार निशुल्क सहयोग पाएको बताए । केराबारी गाउपालिकाले छिमेकी अन्य वडाहरुलाई मौरी पकेट क्षेत्र घोषणा गर्दै कृषकहरुलाई विभिन्न अनुदान दिएको बताउदै राजुले आगामी बर्षहरुमा आफ्नो वडालाई सहयोग पुग्ने आशा लिएर मौरी पालनलाई ब्यबसायको रुपमा अगाडि बढाउन लागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय