
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रबल इच्छाशक्तिले प्रारम्भमा लक्ष्यनजिक पुर्याउनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। सोमवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ। तापनि मिहिनेतले स्थितिमा सुधार आउनेछ। बुधवार र बिहीवार भाग्यले साथ दिनेछ र शुभचिन्तकहरू जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। सप्ताहान्तमा अधुरा काम बन्नेछन् तर आफ्नाबाट धोका हुन सक्छ, सजग रहनुहोला।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ होला। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। खर्च लागे पनि विलासी वस्तुहरू जुटाउन सकिनेछ। रमाइलो यात्रा गर्ने असवर पनि प्राप्त हुनेछ। बुधवारदेखि परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन् र चिताएको लाभ उठाउन सकिनेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। यात्राको प्रक्रियामा समय र धन खर्च हुनेछ। तापनि व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि लगनशीलताले स्थिति अनुकूल बन्नेछ। मन मिल्ने साथी नजिकिनेछन्। प्रेमको बन्धन कसिन सक्छ। मिहिनेतले चिताएको काम बन्नेछ। सप्ताहान्तमा स्वास्थ्य कमजाेर रहनेछ, सजग रहनुहोला।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा घरेलु समस्या वा वादविवाद सुल्झाउन जुट्नुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दु:ख पाइनेछ। सोमवारदेखि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। दिगो काम थालनी हुनाले भविष्यप्रति आशा बढ्नेछ। आँट र प्रतिभाले अरूलाई उछिन्न सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। रमाइलो भेटघाट हुनेछ। यात्राकाे अवसर पनि जुट्नेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनेछन्। साेमवार र मंगलवार साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। प्रयत्न गर्दा आफन्तका माध्यमबाट लाभ उठाउन सकिनेछ। कृषि, पशुपालनमा फाइदा हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। विशेष अवसरले ठूलै काममा हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर छ। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला।










