सुनसरीः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पछि मार्दै राई मेयरमा निर्वाचित भएका हुन्। राई २० हजार ८२१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका छन् ।

धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय