लेटाङ्ग- लेटाङ्ग नगरपालिका वडा नम्बर-७ मा गठबन्धन तर्फका सबै सदस्यहरुको अग्रता रहेको छ।भने वडा अध्यक्षमा एमालेको अग्रता रहेको छ।खसेको कुल सदर मतको २७१ मत गणना गर्दा एमालेबाट प्रत्यासी खगेन्द्र लिम्बुले ११९ मत प्राप्त गरेका छ्न।
खसेको कुल मत २९५ मध्ये २४ मत रद्ध भएको छ। उनका प्रतिद्वन्द्वी गठबन्धनका प्रत्यासी गौतम लिम्बुले ११० मत पाएका छन।भने प्रमुख पदका प्रत्यासी एमालेका भुपेन्द्र लावतीले १०८ मत पाएका छन। र उनका प्रतिद्वन्द्वी गठबन्धनका प्रत्यासी ज्ञानेन्द्र ढकालले १०३ मत पाएको निर्वाचन आयुक्त पुण्य प्रसाद ढकालले जानकारी दिए।
यसैगरी उप प्रमुखका प्रत्यासी एमालेका कृष्ण कुमारी निरौलाले ७२ मत पाएकी छन। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण लम्सालले १८ मत पाएका छन।










