लेटाङ्ग- नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा पुर्ब सामसद डिक बहादुर लिम्बुले हसिया हथौड़ामा मतदान गर्न हात काम्नु पर्ने अथवा सानो मन गर्नुपर्ने कुनै कारण नरेको बताउनु भएको छ।

लेटाङ्ग नगरपालिका को १ नम्बरको घरदैलो तथा चुनाबी सभाका प्रमुख अतिथि समेत रहेका लिम्बुले सभालाई सम्बोधन गर्ने क्रममा नेपाली काङ्ग्रेसमा आस्था राख्ने कार्यकर्ताहरुले हसिया हथौड़ामा मतदान गर्न खिन्नता नगरी मत दिन आग्रह गर्नु भएको छ।

“वहाँले भन्नू भयो” बेला बेला राजनीतिक समीकरण नसोचेको बन्न सक्छ त्यसलाई समय अनुसार अनुसरण गर्नु पर्छ। राजनीतिक परिवर्तनको आन्दोलनमा धेरैपटक यस्ता घट्नाहरु भएका छन। जो सोच्नै सकिँदैन त्यसैले यो गठबन्धन समृद्धिको पक्षमा छ, अग्रगामी परिवर्तनको पक्षमा छ, सास्कृतिक संरक्षणको पक्षमा छ। बिना हिच्किच्याहट गठबन्धनको प्यानललाई बिजय गराउन भुमिका खेल्नुहोस।

नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको गठबन्धन हार्यो भने यहाँ जन्ताका मुद्दा हार्ने छ। ब्यावस्था बचाउने अभियान हार्ने छ। बिकासका योजना हार्ने छ। हाम्रा भाषा हराउने छ, भेसभुसा हराउने छ। मानव अधिकार हराउने छ। सम्बिधान च्यातिने छ। यसकारण गठबन्धन सरकार बन्नु भनेकै यी सबैको संरक्षण गर्नु हो।”उनले भने”

प्रजातान्त्रिक मुल्य मान्यता बोकेको पार्टी र बामपंथीहरु सङ ब्यावस्था जोगाउन भएको गठबन्धनलाई बिपक्षीहरुले हाम्रा उम्मेदवारलाई विभिन्न आरोप लाउने गरेका छन। यो लोकतान्त्रिक पद्धतिको बरखिलाप छ। प्रजातान्त्रिक सिधाान्त बोकेको काङ्ग्रेसले राजनीतिक प्रतिस्पर्धा गर्छ तर प्रतिसोध राख्दैन। यस्ता भ्रमलाई चिर्न पनि गठबन्धन शक्तिको स्थानीय सरकार बन्नुपर्छ। “लिम्बुले भने”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय