ललितपुर –नेकपा एमालेले ललितपुर महानगरपालिकामा उठ्ने मेयरको उम्मेदवारको टुंगो लगाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ सयको झीनो मतान्तरले प’राजित भएका एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार यसपटक पनि उम्मेदवार बन्ने भएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बनेका व्यञ्जनकारले योपटकको मेयर पदमा आफ्नो उम्मेदवारी अन्तिम पटक भएको घो’षणासमेत गरेका छन् । आफूले गएको निर्वाचनमा प्रतिबद्धता जनाएअनुसार कार्ययोजना बनाएर अघि बढ्ने बताए ।
‘पहिलो त हामीले विगतमा विभिन्न पार्टीमा गएकालाई एमालेमा ल्याउने अभियान चलाएका छौं । त्यसपछि उहाँहरुकै साथ र सहयोगमा निर्वाचनमा जित्ने प्रण गरेका छौं ।’ मेयरका उम्मेदवार ब्यञ्जनकारले भने ।
वडा ५ मा करिब ४० जना, वडा ६ मा १ सय जनाभन्दा बढी एमाले प्रवेश गरेका पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए ।‘पार्टीमा प्रवेश गरेको आँकडा हेर्दा महानगरमा एमालेका सबै जनप्रतिनिधिको जित सुनिश्चित भइसकेको छ ।’ –उनले भने ।त्यस्तै, वडा नं. ७ मा करिब १ सय ५० जना, वडा ८ मा २ सय ५० जना,
वडा १० मा ६५ जना, वडा ११ मा २ सय ५० जनाभन्दा बढी, वडा १२ मा २ सय जना, वडा १३ मा १ सय, वडा १४ मा ३ सयभन्दा बढी पार्टी प्रवेश गरेका छन् । वडा १५ मा २ सय ५० जना, वडा १६ मा ९० जना, वडा १७ मा २ सय जनाभन्दा बढी एमाले प्रवेश,गरिसकेका छन् ।
महानगरकै वडा नं १८ मा १ सय २० जना, वडा १९ मा ३ सय ५० जना, वडा २० मा १ सय १० जना, वडा २१ मा १ सय ५० जना, वडा २२ मा ६० जना, २३ र २४ गरी १ सय ३० जना, वडा २५ मा ५ दर्जन, वडा २६ मा ५५ जना, वडा २७ मा ४० जना, वडा २८ मा ५० जना र वडा २९ मा ५० जनाभन्दा बढी प्रवेश गरिसकेका छन् ।
२९ वटा वडा रहेको महानगरपालिकामा अन्य पार्टीमा आबद्ध नेता, कार्यकर्ता र शुभचिन्तकहरु एमाले प्रवेश गर्न तयारी रहेको ललितपुर एमाले अध्यक्ष अचार्यको दा’बी छ । गत २०७४ सालमा भएको स्थानीय निर्वाचनमा आफूले भोग्नुपरेको पराजयले महानगरभित्र बेथिति मौलाएको उनको तर्क छ ।
यो पनि : जसले आफैँलाई मतदान गरेनन् र शून्य मतमा पराजित भए
तनहुँ, स्थानीय तहको निर्वाचनले राजनीतिक सरगर्मी हप्पकै बढेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न केन्द्रदेखि वडा तहसम्मका नेताहरुको दौडधुप निकै बढ्दो छ । राजनीतिक दल यतिबेला वडा तहमा उम्मेद्वार बन्न आकंक्षीको सुची तयार पार्दै छन् ।
स्वतन्त्र रुपमा उम्मेद्वारी दिनेहरूले भने धमाधम सामाजिक सञ्जाललाई प्रयोग गर्दै उम्मेद्वारी घोषणा गरिरहेको अवस्था छ । निर्वाचनमा उम्मेद्वारी दिएपछि सबैको रहर जित्ने हुन्छ । जित्नै नसके पनि कम्तिमा लोकप्रिय मत पाउनलाई कसरत धेरै उम्मेद्वारले गर्छन् नै ।
मतदाताको मन र मत जित्नलाई दौडधुप हुनु स्वभाविक पनि हो । तर, अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनमा तनहुँका केही उम्मेद्वारले आफैँले आफैँलाई समेत भोट हालेनन् । अर्थात आफैँलाई पत्याएनन् र उनीहरुले शून्य मत प्राप्त गरेका थिए । न त उनीहरूले उम्मेद्वारी फिर्ता लिए न आफैँलाई मतदान गरे ।
२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौजना उम्मेद्वारको शून्य मत रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँकी सूचना अधिकारी दुर्गा आले मगरले बताइन् । तीन जना वडाध्यक्ष र छ जना वडा सदस्यका उम्मेद्वारले शून्य मत प्राप्त गरेको उनले जानकारी दिइन् ।
सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकाका चार जना, व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई/दुई जना र देवघाट गाउँपालिकाका एक जना उम्मेद्वारले आफैँलाई मतदान गर्न बिर्सिए ।सूचना अधिकारी आलेका अनुसार व्यास नगरपालिका–१ मा पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका उमराज नहर्की,
शुक्लागण्डकी नगरपालिका–९ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेद्वार बनेका रामबहादुर नेपाली र देवघाट गाउँपालिका–५ मा स्वतन्त्र वडाध्यक्षमा उम्मेद्वारी दिएका कृष्णराज न्यौपानको मत शून्य आयो ।
यस्तै आँबुखैरेनी गाउँपालिका–४ मा स्वतन्त्र वडा सदस्यका उम्मेद्वार राजु गुरुङ र सुकबहादुर गुरुङ, स्वतन्त्र महिला वडा सदस्यको उम्मेद्वार कौशिला गुरुङ र स्वतन्त्र उठेकी दलित महिला सदस्य मनमाया कामीले पनि आफैँलाई मतदान गरेनन् ।
व्यास–१२ मा नेपाल पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट वडा सदस्यमा निर्वाचन लडेका जनकबहादुर पन्थ क्षेत्री र शुक्लागण्डकी-३ मा संघीय समाजवादी फोरम नेपालका तर्फबाट दलित महिला सदस्यमा उठेकी पार्वती विक पनि मतविहीन भए ।
उम्मेद्वारी फिर्ता नलिएका तर अरु उम्मेद्वारलाई सघाएको कारण पनि शून्य मत भएको हुन सक्ने निर्वाचन कार्यालयको अनुमान छ ।जिल्लाको १० स्थानी तह र ८५ वडामा एक हजार ५८२ जनाले उम्मेद्वारी दिएका दिए ।
एक दलित महिला सदस्य र सात दलित तथा अल्पसंख्यक गरेर आठ जना निर्वाचन अगावै उम्मेद्वारी दर्तासँगै विजयी भए । ४६१ निर्वाचनमा होमिएर विजयी भएका थिए । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता कायम थिए ।
तर एक लाख ३२ हजार ९४४ मत मात्र खसेको थियो । अर्थात ६१ हजार ५२७ मतदाता स्थानीय तहको निर्वाचन प्रक्रियामा सामेल भएनन् । खसेको मतमध्ये पनि तीन हजार १५४ मत बदर भएको थियो ।
यसपालि जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । यतिबेला सबै राजनीतिक दलहरु उम्मेद्वार छनोटका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।










