स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्र द्वारा साेलुखुम्बुकाे साेताङ गाउँपालिकाकाे अध्यक्ष पदमा केही समयअघि मात्रै माओवादी प्रवेश गरेका दीपक खड्का लाइ उम्मेदवार घाेषणा गरेको छ । ११ चैत्र २०७८, शुक्रबार माओवादी केन्द्र कमिटी साेताङ द्वारा आयोजित कार्यक्रमका बीच उम्मेदवार घाेषणा गरेकाे हो ।

सोताङ गाउँपालिका लाई समृद्ध पार्ने अठोट लिएका खड्का सामाजिक छवि उच्च भएका जनप्रिय नेताको रुपमा परिचीत छ्न । ७४ काे स्थानीय तहको निर्वाचनमा स्वतन्त्र तर्फबाट उम्मेद्बारी दिएका खड्का झिनो मत ले पराजित भएका थिए । उम्मेद्बार घोषणा कार्यक्रम मा बोल्दै माओवादी केन्द्रका सोलुखुम्बु जिल्ला संयोजक असिम राईका अनुसार ७५३ वटा पालिकाहरू मध्येकै पहिलाे उम्मेद्वार घाेषणा रहेको बताएका छ्न ।

सोही कार्यक्रममा नेकपा एमालेमा रहेर ३२ वर्षदेखि सक्रिय राजनीति गर्दै आएका सोलुखुम्बुका प्रभावसाली नेता भिमराज राई लगायत सयौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छ्न । नेकपा एमालेका प्रदेश स्तरीय नेता जुद्ध बहादुर कार्की, युवा संघ सोताङ गाउँपालिका सचिव प्रविण राई सहित सयौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छ्न ।

नेकपा एमाले बाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता र कार्यकर्ता हरुले एमाले पार्टी ध्वस्त हुदा पनि पार्टी नेतृत्वले सधैं कम्युनिस्ट आन्दोलनलाई नै धराप बनाएकोले आफुहरु माओवादी केन्द्रमा प्रवेश भएको धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय