विसुनदेव सरदार
लहान/२ चैत।सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर -३ अर्नमामा ३ तल्ले ५० कोठ्ठे नयाँ प्रशासकीय भवनको निर्माण कार्यमा तीव्रता देखिएको छ।

उक्त प्रशासकीय भवनको कुल लागत ७ करोड ६६ लाख ४६ हजार १ सय ६६ रुपैयाँको लगानीमा गाउँपालिकाले निर्माण गर्न लागिएको बताए।

आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का लिइएका लहान – ३ का सी.एम/ बि.बि.बि/ बि. एन. एस. जे.भी. कन्स्ट्रक्सन कम्पनीले ३ वर्षमा निर्माण कार्य पूरा हुने गरि ठेक्का सम्झौता गरिएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णान्नदन सिंहले बताए ।

अहिले ठेक्कदार कम्पनी लहान – ३ का सी.एम/ बि.बि.बि/ बि. एन. एस जे. भी कन्स्ट्रक्सन कम्पनीले ३०% प्रतिशत काम पूरा गरेको छ।

पहिला निकै नै प्रशासनिक कामकाजका लागि अपठ्यारो र सास्ती भएको हुदाँ प्रशासनिक कामकाजलाई थप स्तरीय बनाउने उदेश्यले सो नयाँ प्रशासनिक भवन निर्माण गर्न लागिएको बताएका छन् ।

अहिले अर्नमा गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। ती वडाहरुमा गाउँपालिका स्तरीय योजनाका आधारमा ५०% काम पूरा गरि सकेको गाउँपालिका अध्यक्ष ठकु महतोले बताए ।

सडक ढलान, कृषि क्षेत्रमा पोलिङ्ग , ट्रान्सफर्मर, सामुदायिक भवन, शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रमा स्तरोन्नतिमा लागिएको बताएका छन।
यो सँगै समग्रमा जनताको चाहना र हकहितका निम्ति गाउँकार्य पालिका सदैव तत्पर रहेको गाउँपालिका अध्यक्ष ठकु महतोले बताए ।
अहिले गाउँपालिकामा ५ वटा वडा सङ्ख्याहरु छन । ती हुन वडा नम्बर १ महनौर, २ ब्रहम्पुरी , ३ अर्नमा, ४ गौरीपुर लक्ष्मीपुर , ५ नम्बरमा कृष्णपुर पर्दछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय