क्वालालम्पुर- नेकपा माओवादी केन्द्र सम्बद्ध अन्तरास्ट्रिय ब्युरो नेपाली जनप्रगतिशिल मञ्च मलेशियाको ८ औं सम्मेलन भब्यताका क्वालालम्पुरमा सम्पन्न भएको छ। मंचको आठौ सम्मेलन मार्फत अध्यक्षमा प्रेम पाण्डे निर्वाचित भएका छन। भने महासचीव अर्जुन घर्तिमगर,बरिस्ठ उपाध्यक्षमा, रुपधन घर्तिमगर, उपाध्यक्ष सुबास कार्की, सचीव- बिर्ख बहादुर घर्ती मगर, मनोज कुमार तामाङ, कोषाध्यक्ष सुगम बुढा मगर र सह कोषाध्यक्ष थप्नेगरी कमिटी पुनर्गठन भएको छ।
मंगलबार क्वालालम्पुरमा सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको थियो। यश सङै मंचले २७ सदस्यीय नया कार्यसमिति चयन गरेको हो। सन २००४ देखि प्रवासमा रहेका माओवादी प्रती आस्थावान नेपाली श्रमिकहरु लाई पार्टी सङ निरन्तर जोडिरहन गठित संगठन नेपाली श्रमिकका मुद्धा प्रती संबेदनसिल रहेर काम गर्दछ।
उक्त कार्यक्रमका प्रमुख अतिथि एबम अतिथिहरु प्रवास कमिटी सह-इन्चार्ज लक्ष्मण पन्त, प्रवास कमिटी अध्यक्ष ओम शर्मा, सचीव टिबि पाठक, पुर्बी एसिया क्षेत्रीय अध्यक्ष हर्क थापा, सचिब-रमेश प्रसाद तिवारी, जापान अध्यक्ष भवानी तिवारी र एनआरएन- सह कोषाध्यक्ष बेल्जियमका लोक बहादुर दाहाल लगायतका रहेका थिए।
प्रवासमा भइपरी आउने समस्याहरुको सहजीकरण र उद्धारमा दर्जनौं समस्याहरुको हल गर्दै आइरहेको नेपाली जनप्रगतिशिल मञ्च मलेशियामा गठित सस्थाहरु मध्ये सबैभन्दा पुरानो सस्था भनेर चिनिन्छ। सो कार्यक्रम अनलाइन भर्चुअल मार्फत सम्पन्न गरिएको थियो।
निर्वाचित केन्द्रिय सदस्यहरु।
१.मोहन कुमार हेम्ब्या
२.राम बहादुर थापा
३.नारायण गौतम यादब
४.मनोज डिसि
५.कृष्ण गुप्ता
६.भगिराम बुढाथोकी
७.बम बहादुर बिक
८.खुम बहादुर राना
९.याम बहादुर डागी
१०.अनिल सावा
११.तेज कुमार सेम्बु
१२.प्रकाश लुइँटेल
१३.राज कुमार श्याङ्तान
१४.छवि लाल बस्नेत
१५पुनाराम पौडेल
१६.सुक लाल मोक्तान
१७.बिष्णु घिमिरे
१८.मीन बहादुर सुर्यबङ्शी
१९.तेज बहादुर कार्की
२०.टीका थापा










