काठमाडौ- नेकपा माओवादी केन्द्रले ११-१३ पुसमा हुने महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको छ।

महाधिवेशनमा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेद्वारीमा रोक लगाएको हो। एमालेले विधानमै प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गरिसकेको छ।

माअ‍ोवादीले महाधिवेशनका लागि गठित निर्वाचन समितिको कार्यालय बुधबार उद्घाटन गर्ने जनाएको छ।

सात लाख हाराहारी कार्यकर्ताले जिम्मेवारी पाउने गरी माओवादीले महाधिवेशन प्रक्रिया थालेको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।

निर्वाचन आयोगले प्रदेशमा सात जना, पालिकामा पाँच जना र वडामा तीन जनाको निर्वाचन समिति बनाएको छ। महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय