विनोद मण्डल कार्तिक ३० । सिराहा जिल्लाको विभिन्न निर्वाचन क्षेत्रबाट आउँदो मंसिर १०-१२ गतेसम्म चितवनमा हुने भनिएको नेकपा एमालेको महाधिबेसनको लागि १६ जना प्रतिनिधि सर्वसहमतिले चयन भएका छन् ।

जिल्लाका ४ निर्वाचन क्षेत्रबाट १४ र २ दलित प्रतिनिधि सहित १६ जना प्रतिनिधि छनौट भएका छन् ।

पार्टीका जिल्ला अध्यक्ष चण्देश्वर मण्डलका अनुसार
निर्वाचन क्षेत्र नं १ बाट
१- राजेन्द्र चौधरी
२- रामशंकर यादब
३- सिता चौधरी
निर्वाचन क्षेत्र नं २ बाट
१- नरेन्द्र राज पोखरेल
२- राम औतार यादब
३- राम ईश्वर शाह
४- निर्मला बास्तोला
निर्वाचन क्षेत्र नं ३ बाट
१- चण्देश्वर मण्डल
२- नवीन यादब
३- पुस्पलाल पाख्रिन
४- आशा यादब
निर्वाचन क्षेत्र नं ४ बाट
१- राम पुकार शाह
२- प्रदीप महासेठ
३- कल्याणी ढुंगाना

समावेशी प्रतिनिधित्व गर्नको लागि रामस्वरूप सदाय र रामप्रित रामलाई सर्वसहमतिले चयन गरिएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय