काठमाडौ- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान प्रहरीले काठमाडौंको महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन्। यस्तै तनहुँको दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
पेट्रोलियम पद्धार्थलगायत अत्यावश्यक सामाग्रीको मूल्यवृद्धि गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको छ ।










