रामजी प्रजापति,नवलपरासी / कार्तिक २९ । पश्चिम नवलपरासीको परासीमा आज तेस्रो दिन अभिनय कार्यशाला तथा कचहरी नाटक बालमन्दिरकाे हल परासीमा भैरहेको छ । द कन्टेन्ट नेपालकाे आयाेजना तथा रामग्राम नगरपालिकाकाे सहयोगमा कार्यशाला तथा कचहरी नाटक सुर गरिएको हाे । द कन्टेन्ट नेपालका सञचालक भुपेन चाैधरीकाे अध्यक्षता तथा नेपालका चर्चित कलाकार नवलपरासी निवासी प्रमाेद अग्रहरीकाे प्रमुख आतिथ्यतामा कचहरी नाटक सुरु गरिएको आयाेजकले जनाएकाे छ । कचहरी नाटक कार्यक्रममा प्रशिक्षक एवम् कलाकार सरिता साह, अनिल कुर्मी , देवीसा लामिछाने , कलाकार रामजी प्रजापति , मधेश मिडिया मिशन नेपाल नवलपरासीका अध्यक्ष सुरेश यादव , पत्रकार महेश यादव , विनाेद निगम लगाएतकाे उपस्थिति रहेको छ भने १२ जना परिक्षार्थीहरुकाे सहभागीता रहेकाे छ ।










