सुरेश यादव कार्तिक २१- हिन्दूहरूको महान चाड वडा दशैँ र तिहारको समापन सँगै तराई मधेशका जिल्लाहरुमा यतिबेला हर्षोल्लासका साथ तलाउ ,पोखरी र सरोवरहरुको सरसफाई हुन् थालेका छन् ।

सरसफाइ सँगै बजार यतिबेला भरिभराउ भएका छन् छठको लागि चाहिने सामग्रीहरू ढकिया , कोनिया , कोशियाकुर्वार ,बदहि , नरियल ,केरा , नैवेद्य लगायत नयाँ कपडा लुगाफाटो लगायत मिष्ठान बनाउने लगायतका सामग्री किन्नमा व्यस्त भएका छन् स्थानिय मानिसहरू ।
कार्तिक शुक्ल पक्षको चौथी तिथिमा मनाइने छठ पर्वमा उदाउँदो सुर्य र अस्ताउदो सुर्यलाई अर्घ दिएर समापन गरिने यस पर्वमा ठाउनुसार फरक फरक किसिमले पूजा प्रसादको तयारी गरिन्छ । ठकुवा , भुसुवा , लड्डु , हरिया तरकारी , फलफूल ,,केरा ,उखु ,अदुवाको बोट , हर्दिको बोट ,लगायतका सामाग्री छठको लागि आवस्यक सामग्री मानिन्छ ।

नवलपरासीका सुस्ता ,महेशपुर ,बर्दघाट , प्रतापपुर , जमुनाबारि , गोवरहिया , परासी लगायतका क्षेत्रमा यतिबेला छठ पूजा समितिद्वारा सरसफाई कार्यक्रम थालिएको भोजपुरी कलाकार रामजी प्रजापतिले बताएका छन् ।

छठको अघिल्लो दिनलाई खर्ना भनिन्छ यस दिन व्रतालुले दिनभरि निष्ठापूर्वक उपवास बसी बेलुका घरमा पूजा गरी भोलिपल्ट बर्त लिने चलन छ । दिनभरि पूजा सामग्री बनाई बेलुका अर्थात् साँझको बेला घाटमा गएर उदाउँदो चन्द्र र अस्ताउँदो सूर्यलाई अर्घ दिएर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाको विसर्जन गरिन्छ जसलाई पर्ना भनिन्छ । अयन्त निष्ठापूर्वक मनाइने यस पर्वमा भाकल गर्नाले सन्तानको प्राप्ति हुने , रोग मुक्त हुने जनविश्वास रहिआएको छ ।

तलाउमा नुहाएर निष्ठापूर्वक व्रत लिने चलन छ । पर्वको समापनसँगै व्रतालुले मीठा मीठा खानेकुरा खाने तथा प्रसाद वितरण गर्ने चलन रहेको पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय