लेटाङ। केराबारी गाउँपालिका–२ जेफालेमा बैसाखे मेलाको अवसर पारेर दोस्रो ‘जेफाले कप’ खुल्ला नकआउट भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। खेलकुद विकास समिति केराबारी-२ सिङदेबीको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता बैसाख २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन प्रत्येक टिमले राष्ट्रिय स्तरका एक जना खेलाडी समेत सहभागी गराउन पाउने व्यवस्था गरिएको छ। साथै, टिममा बाहिरका दुई जना खेलाडी थपेर खेल्न पाउने नियमसमेत लागू गरिएको आयोजकले स्पष्ट पारेको छ।

कोशी प्रदेशभरिका उत्कृष्ट टिमहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा भद्रपुर, रानी प्रहरी विराटनगर, सशस्त्र प्रहरी बल पकली, लेटाङ, बेलबारी, चौबिसे तथा आयोजक टिम गरी जम्मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको खेल तालिका भने चैत २८ गतेभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ। पर्यटनको प्रचुर सम्भावना बोकेको जेफाले क्षेत्रलाई प्रवर्द्धन गर्ने तथा स्थानीय विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। साथै, युवाहरूको खेलकुद क्षमता विकास र खेलप्रति आकर्षण बढाउने लक्ष्यसमेत आयोजकको रहेको छ।

स्थानीय स्तरमा यस्ता प्रतियोगिताले खेलकुद गतिविधि मात्र होइन, पर्यटन प्रवर्द्धन, आर्थिक चलायमानता र सामुदायिक एकता अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको खेलकुद बिकास समितीका अध्यक्ष देबिलाल लिम्बुले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय