नलाइन टिभी पत्रकार संघ नेपालको प्रथम कोशी अधिवेशन मोरङको उर्लाबारीमा हुने भएको छ । साउन १ गते उर्लाबारी–५ स्थित होटल ग्राण्डमा कोशी प्रदेशको प्रथम अधिवेशन हुने भएको हो ।
इन्टरनेटमा भिडियो पत्रकारिता गर्ने पत्रकारहरुको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार संघ युवा पत्रकार तथा पत्रकारिताका अध्यापक जीवन भण्डारीको नेतृत्वमा २०७६ सालमा स्थापना भएको हो ।
केन्द्रीय स्तरमा अनलाइन टिभी पत्रकारहरुको हकहित, अनलाइन टिभीहरुलाई व्यवस्थीत गराउने लगायतका विषयमा नेतृत्वदायी भूमिका खेल्दै आएको संघको कोशी प्रदेशमा पनि पहिलो कार्यसमिति गठन गर्न लागिएको अधिवेशनका सह–संयोजक किशोर श्रेष्ठले जानकारी दिनुभयो

अधिवेशनलाई भब्य र सभ्य बनाउन अन्तिम तयारी भइरहेको उहाँको भनाई छ । कोशी प्रदेशभरीका ५० भन्दा बढी अनलाइन टिभी पत्रकारहरुको सहभागिता रहने जनाइएको छ ।
संघको दुई प्रदेशमा अधिवेशन भइसकेको र अन्य प्रदेशहरुको पनि केही दिनमै अधिवेशन सम्पन्न गर्नेगरी गृहकार्य भइरहेको संघका बरिष्ठ उपाध्यक्ष संजिव रेग्मीले जानकारी दिनुभयो । संघको जिल्ला शाखा भने १५ जिल्लामा गठन भइसकेको छ । अव हुने केन्द्रीय अधिवेशनपछि शाखा विस्तारलाई तिव्रता दिइने उहाँको भनाई छ ।
अनलाइन टिभी पत्रकारितालाई व्यवस्थीत जिम्मेवार बनाउन संघले नेपालमै पहिलो पटक अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गरी लागु गरेको छ भने अनलाइन टिभीकर्मीहरुलाई विभिन्न विषयमा प्रशिक्षीत पनि गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय