लेटाङ, कार्तिक-२१ । “रास्ट्रका लागि खेलकुद’ स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नारा सहित शुभ दिपावलि-२०८१ को अवसरमा सिमाना युवा क्लबले आयोजना गरेको पालिका वडा स्तरीय नक आउट भलिबल प्रतियोगिताको फाईनल भब्य रुपमा सम्पन्न भएको छ। कार्तिक १९ गते देखि सुचारु गरिएको खुल्ला नक आउट भलिबल प्रतियोगिताको फाईनलको समापन आज बुधबार सम्पन्न गरिएको हो। लेटाङ सहित अन्य पालिकाहरुबाट १२ टिमाले सो प्रतियोगितामा भाग लिएका थिए। जस मध्ये केराबारी, सतिसाले र चौबिसे राजारानी सहित ३ टिम खेलमा सहभागी भएनन।
आज पहिलो चरणमा दमक-११ र आयोजक रातोले सेमि फाइनल खेलेको थियो। बेस्ट अफ फाईभमा लगातार दमक-११ ले ३ सेट जिते सङै फाईनलमा प्रवेश गरेको हो। यसैगरी बेलबारी र लेटाङ-१ ले पनि आजै सेमि फाईनलको लागि प्रतिस्पर्धा गरेको थियो। बेस्ट अफ थ्री को खेलमा लगातार बेलबारीले जित हासिल गरेपछि बेलबारी फाईनल प्रवेश गरेको हो।
फाइनलमा बेलवारी र दमक-११ ले पहिलो र दोस्रो पुरस्कारका लागि प्रतिस्पर्धा गरेको थियो । बेस्ट अफ थ्री खेलाउदा बेलवारीले लगातार २ खेल जिते सङै बेलवारी बिजेता बनेको हो। भने दमक-११ उपबिजेता बनेको छ। तीन दिने मेला तथा खेलकुद प्रतियोगिताको पनि आजै समापन गरिएको छ। सिमाना युवा क्लबका अध्यक्ष पदम लिम्बुको सभापतित्वमा समापन समारोहलाई औपचारिक रुपमा शुरु गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका पुर्ब प्रमुख तथा नेपाली काङ्ग्रेस मोरङका क्षेत्रीय सभापति शंकर राई रहनु भएको थियो।
विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस लेटाङ नगर समितिका सभापति दिपक चन्द्र राई, महासमिति सदस्य तथा पुर्ब वडा अध्यक्ष देबराज चाम्लिङ , लेटाङ -७ का वडा अध्यक्ष खगेन्द्र सम्बाहाम्फे रहेको कार्यक्रमका अतिथिहरु सुदेश वोस्ती, अस्थायी प्रहरी चौकी वारङिका ईन्चार्ज, समाजसेवी , जेष्ठ नागरिक तथा बिध्यालयका सिक्षक तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु रहनु भएको थियो।
प्रतियोगिताका उपबिजेता बनेको दमक -११ लाई वडा अध्यक्ष खगेन्द्र सम्बाहाम्फेले नगद रु.३०,००० सहित ट्रफी , मेडल, प्रमाणपत्र प्रदान गर्नुभएको थियो। बिजेता बनेको बेलबारीलाई प्रमुख अतिथि शंकर राईले नगद रु.६०,००० सहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गर्नुभएको हो।
यसैगरी कार्यक्रममा जेष्ठ नागरिकलाई प्रमुख अतिथिको हातबाट ढाका टोपी ओढाएर सम्मान गरिएको थियो। समारोहमा खेल अवधिभर खेलाडिहरुको उत्कृष्टताको मुल्यांकन गरि बेस्ट स्पाईकर, बेस्ट ब्लकर, उत्कृष्ट खेलाडीहरुलाई छनौट गरी नगद सहित कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस लेटाङ नगर समितिका सभापति दिपक चन्द्र राईले हस्तान्तरण गर्नुभएको थियो।