
क्वालालम्पुर /मलेसिया
मलेसियामा रहेका प्रवासी नेपालीहरुले जोहोर राज्यमा नेप्लिज फुटबल कम्युनिटी एफसीको आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोरको Arena Mutiara Johor Land Johor स्टेडियमा जोहोर कप फुटबल प्रतियोगिताको तयारी भएको छ ।
नेपालीहरुको महान चाड दिपावलीको अवसर पारेर आयोजना हुन गईरहेको प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित मलेसियन रिंगेट २० हजार रिंगेट जित्नेछ भने उपविजेताले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
विभिन्न विधामा उत्कृष्ट खेलाडी र अन्य लाई ३०० रिंगेट सहित सामान गरिने छ,
प्रतियोगिताको नियम अनुसार खेलाडी १६ जना हुनुपर्ने अनिवार्य रूपमा बुट, जर्सीमा हुनुपर्ने रेफ्रीको नियम पालना गर्नुपर्ने ।खेलमा वादविवाद भएमा आयोजकको निर्णयनै अन्तिम हुने बताइएको छ।खेल ३०-३० मिनेट खेलाईने र खेल मैदान भित्र खेलको क्रममा खेलाडी लाई चाेटपटक लागेमा खेलाडी आफै जिम्मेवारी हुनु पर्ने समेत आयोजक समितिले स्पस्ट बनाएको छ।
टिम दर्ता शुल्क भने मलेसियन रिंगेट २५०० सय तोकिएको छ भने सुरुवाती चरणमा १२५० रिंगेट सङ्कलन गरेर दर्ता गर्न पाउने सुविधा उपलब्ध गरिएको छ जोहोर राज्य भन्दा बाहिर बाट आउने टोलीलाई जेबी लार्किन बस पार्क बाट खेल मेैदान सम्म यातायात काे व्यवस्था समेत गरिएको छ।
खेल मैदान बाट प्रत्यक्ष प्रसारण गोलनेपाल डटकम बाट पनि हेर्न सकिनेछ ।
टिम दर्ताका लागि सम्पर्क गर्न निम्न नम्बरमा सम्पर्क गर्न समेत आयोजकले आह्वान गरेको छ।
+60183900640
+60187892325
+60166709386
+60189792653
+60147368964