क्वालालम्पुर /मलेसिया
नेपाल आदिवासीजनजाति महासंघ मलेसिया शाखाले  २९ओैं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

यस् दिवसलाइ संयुक्त राष्ट्रसंघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गरिन्छ ।

अगस्ट १३ तारिख आईतवारका दिन राजधानी क्वालालम्पुर स्थित एनआरएन मलेसियाको कार्यलय स्थित सभाहलमा दिउसोको २:०० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा विभिन्न संघ संस्थाको उल्लेख्य उपस्थित संगै राजदुतावास मलेसियाको प्रमुख आतिथ्यता रहनेछ।
साथै विभिन्न जातीय मौलिक नृत्य संगै स्थानीय कलाकारको प्रस्तुति समेत रहने अध्यक्ष विपन राईले बताउनु भयो।
प्रवासमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व हरुलाई सम्ममान कार्यक्रम समेत रहने महासचिव विक्रम तामाङ वाईवाले जानकारी दिनु भयो।
कार्यक्रमलाई मन्डला रेष्टुरेन्ट एभरेष्ट किचेन रेष्टुरेन्ट र द गोर्खाज रेष्टुरेन्टले प्रयोजक गर्ने भएको छन् ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले पहिचान पुर्खयौंली भाषा संरक्षण गर्न परम्परागत ज्ञान सीप प्रबर्द्धन र अधिकार सुनिश्चिताका लागि जनजाति आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय