मलेसिया- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनसीसी मलेसियाको आउँदो कार्यकाल २०२३-२५ का लागि उम्मेदवारी दर्ता कार्यक्रम पछि तीन जनाकाे नाम सार्बधिक चर्चमा रहेको छ ।आगामी नेतृत्व हत्याउन उनिहरुले नेपाली श्रमिकको पक्षमा काम गर्ने बताएका छन।
एक कार्यकाल अध्यक्ष समेत खाईसकेका बिनोद थापाको आफ्नो रणनीति रहेको छ। यस्तै सन्तोष कार्किको पनि आफ्नो एजेन्डा र योजनाहरु सार्बजनिक गरेका छ्न। त्यसमध्ये राकेश प्रसाद महतोको पनि आफ्नै योजनाहरु रहेको बताए। महतोले पत्रकारले गरेका प्रश्नको जवाफ दिंदै भने म अध्यक्ष भएपछि जेल मुक्त भएको होस् वा बिरामी परेका नेपाली लाइ स्वदेश फर्किन जाहाजकाे टिकटले रोकिदैन, गुनासो आउन साथ् समस्यामा परेका नेपाली श्रमिकका लागि स्वदेश फर्किन आवस्यक हवाई टिकट उपलब्ध गराउने समेत बताएका छन्।
उनी मलेसियाको जोहोर राज्य बसोबास गर्दै आएका कारण धेरैकाे जिज्ञासा थियो जोहोर बाट अन्य राज्यमा समस्यामा परेका नेपाली लाइ कसरी सहयोग गर्ने? यस् विषयमा उनले भने” म उद्दार टोलिनै बनाउँछु समस्यामा परेका पिडित जतिसक्दो चाँडो सहयाेग गर्ने छु ” क्वालालम्पुरमा भन्दा ठूलो शहर जोहोर पनि हो त्यही राज्यमा अवस्थित मेराे बसोवास छ। मैले सकेको सहयोग जसरी पनि नेपाली कामदारको हितमा हुने छ। “उनले भने”
मलेसियामा सामाजिक कार्यमा पनि उनको रुचि छ। नेपाली श्रमिकलाई भइपरि आएका समस्याम्व सहयोग गर्दै आएका छन्। नेपाली श्रमिकको लागि केहि गर्छु भन्ने सोच भएका महतोले भने यस पटक एनआरएनएको नेतृत्व पंक्तिमा बसेर अझै बढी नेपाली श्रमिकको सेवा गर्ने चासो लिएको बताउछन।
उनले घोषण पत्रमा उल्लेख गरेका छन् की आफु अध्यक्ष भएपछि मासिक २ हजार रिंगेट कोषमा जम्मा गर्ने दुतावास सँग निरंतर सहकार्य गर्ने मलेसीया रहेका बिभिन्न संघ संस्था सँग जोडिएर श्रमिक हक हितको लागि एक जुट भएर काम गर्न सक्ने बाताबरण निर्माण गर्ने जस्ता कुरा समावेश गरिएको छ।