गैर आवासीय नेपाली संघ मलेसियाको निर्वाचन नजिकिए सङै उम्मेदवारहरु एक अर्का बिरुद्धको अंतर्विरोधमा लागेका छन। सन २०२३-२५ कार्यसमितिको लागि सहमति जुट्न नसक्दा बिबाद सतहमा आएको हो। संघको आगामी कार्यकालका लागि उम्मेदवारहरु दुई गुटमा बिभाजित भएको प्रष्ट देखिन्छ। सहमतिमै उम्मेदवार टुङ्गो लाउन नसक्दा विवाद सतहमा आएको हो।

अध्यक्षका प्रत्यासी राकेश महतो र महासचिवका आकाक्षी कृष्ण प्रसाद नेपालको असन्तुष्टि बड्दो छ। विशेष गरि सामाजिक संजालमा नेपालले असन्तुष्टि पोखेका छन। अघिल्लो २०२१-२३ कार्यसमितिले गरेका कार्यसम्पादनमा उनले प्रश्न उठाएका छन। आफू कोषाध्यक्ष भएका बेला सस्थामा जम्मा भएका फन्डहरु तत्कालीन अध्यक्ष बिनोद थापाका टिमले आफ्नो खुसी खर्च गरेर विवरण नबुझाएको आरोप लगाएका छन।

अघिल्लो कार्यकालमा तत्कालीन वरिष्ठ उपाध्यक्ष बद्री केसीको पहलमा आईएलओ द्वारा प्राप्त सहयोग र कोभिड-१९ रोकथाम तथा राहत कार्यक्रम अन्तर्गतको रकम समेत हिनामिना भएको शंकेत गरेका छन। यस्तै तत्कालीन एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईको कार्यकालमा जम्मा भएको १ लाख ५२ हजार मलेसिया रिङ्गिटले श्रमिक शेल्टर स्थापना गरेर एकबर्ष भित्र के कति पीडितलाई शेल्टरमा राखियो? कति खर्च भयो? कति पीडित लाई उद्दार गरियो? भन्ने कोषाध्यक्ष र महासचिव दुबैलाई खर्च विवरण नबुझाएको उल्लेख गरेका छन।

यसरी सस्था भित्रको रकम घोटला र बिना प्रायोजन गरेका खर्चको तथ्य र प्रमाणहरु सार्बजनिक गर्ने डरले मलाई अनेक जुक्ती लाएर पाखा लगाउने काम भएको छ। कृष्णले लेखेका छन। प्रत्येक श्रमिकलाई सदस्य शुल्क आर.एम -३० उठाएर चुनाब गराउने सस्थालाई जिरोमा राखेर भोली भइपरी आउने समस्यामा कसरी काम गर्ने प्रश्न गरेका छन।

यता तत्कालीन संघका अध्यक्ष बिनोद थापा सङ यसबारे बुझ्दा उनले नशाको भरमा लगाईएको आरोपको कुनै अर्थ नहुने वताएका छन। थापाले भने” मेरो कार्यकालमा भएका सबै राम्रा र नराम्रा कामको जस सबै समितिका नेतृत्वले बराबर लिनुपर्ने हुन्छ। अध्यक्षको टाउकोमा दोष थुपारेर आफू उम्किनु खोज्नु भनेको मुर्खता बाहेक केही हैन।” कतैबाट फन्डिङ भए अध्यक्षको खातामा आउँछ कि कोषाध्यक्षको खातामा आउँछ? सबै हिसाब राख्ने काम मेरो हैन कोषाध्यक्ष र महासचिव छन। अर्को कुरा हिसाब किताब सबै अधिबेशनको बेला महासचिवले प्रतिबेदनमा सुनाउँछ। त्यो नै आधिकारिक हुन्छ। “थापाले थपे”।

कृष्ण प्रसाद नेपालको स्टाटस हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय