
संदेश प्रवाह- गैर आवासीय नेपाली संघ मलेसिया रास्ट्रीय समन्वय समितीको निर्वाचन नजिकिए सङै समिती भित्रको बिवाद चरम उत्कर्षमा पुगेको छ। सस्था भित्र आपसी समझदारी नहुदा बिवाद उत्पन्न भएको हो।
आगामी जुलाई २९ तारिक हुने एनसिसि मलेसियाको चुनाबको तिब्र तयारी चलिरहेको बेला संघमा दुई गुट देखिएको छ। एकले अर्काको अस्थित्व र नेतृत्व नस्विकार्ने प्रबृत्तिले एनआएन मलेसिया बेलावेला बिबादले चर्चामा आउने गरेको छ।
निर्वाचन समितिले उम्मेदवार छनौट र दाबी बिरोधको समय दिए सङै बिगत देखि नेतृत्व गर्दै आएका ब्यक्तिहरु बिचनै चुनाबी तालमेल नमिल्दा घम्साघम्सीको अवस्थामा पुगेको हो। आपासी समझदारीबाटै बिगत देखि संघले नेतृत्व चयन गर्दै आईरहेको छ। तर यसपटक भने नया अनुहारहरुले नेतृत्व दाबी गरे सङै सस्था भित्र निषेधको खेल खेलेको आरोप निर्वाचन समितिलाई लागेको छ ।
एनआरएन मलेसियाको २०२१-२३ कार्यसमितिका कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले सार्बजनिक सस्थामा नया अनुहारलाई निषेध गरेर आफुहरुलाई दिएकोउम्मेदवारी रद्ध गरि पुरानै ब्यक्तिहरुले नेतृत्व हत्याउने प्रयास गरेको सामाजिक संजालमा उल्लेख गरेका छन। उनले लेखेका छन’ बिदेशको लगानी नेपालमा भित्राउने मात्र मेरो उदेश्य हो। दुईबर्षमा हुने एनआरएन मलेसियाको चुनाबमा नेतृत्व लिन के हामिले ठुला बडालाई गुहार्नु पर्ने हो? हामिले एक अर्काको अस्थित्व किन स्विकार्न सक्दैनौ?
एकले अर्कोलाई सिध्याउने खेल कहिले देखि खेल्न सुरु भयो? राम्रालाई त्यागेर हाम्रालाई अंगाल्दाको परिणाम राम्रो हुदैन। यसरी उनले आफ्ना असन्तुष्टिहरु ब्यक्त गरेका छन।’
कृष्णको असन्तुष्टि बारे संदेश प्रवाहले जिज्ञासा राख्दा उनले भने” एनआरएन सवैको साझा सस्था हो। कृयशिल जो कोहिले उम्मेदवारी दिएर निर्वाचनमा भाग लिन पाउने अधिकार सबै सदस्यहरुमा छ।
तर यहाँ नयालाई निषेध गरेर एक कार्यकाल नेतृत्व गरिसकेकाले फेरि नेतृत्व दोहोर्याउन खोज्नु ठिक हैन। महासचिवमा मैले गरेको दाबी भिसाको कपि उपलब्ध नहुदा मलाई बाहिर राख्ने प्रपन्च रचिएको छ। मेरो भिसा रिन्युको प्रोसेसिङमा छ। त्यतिमै उम्मेदवारी रद्ध गर्नुपर्ने कारण नहोला नि? भिसाको कपि उपलब्ध गराउन सकिन। भिसा लागेर आउला नी त्यसपछि पेस गरौंला।
निर्वाचन समितिले भिसाको कपि नभकै कारण उम्मेदवारी रद्द भएको सुचना टास्छौ नभए फिर्ता लिनुहोस भनेर मलाई दबाब दिनु सायद नियम संगत नहोला। मैले फिर्ता पनि लिए फेरि समझदारीमा महासचिव तपाईलाईनै बनाउने भन्छन यो नियम सङत भएन। निर्वाचन समिति निष्पक्ष हुनुपर्छ। अर्का अध्यक्षको प्रत्यासी राकेश महोतोलाई पनि निषेध गर्न विभिन्न खाले खेल खेलिरहेका छन समयले बिस्तारै प्रष्ट गर्ने छ। हामिलाई सस्थामा निषेध गर्न खोजिएको छ।”उनले आरोप लाए।