
लेटाङ्ग- कोशी प्रदेश नाम खारेज गरि पहिचानको आधारमा नामाकरण गर्न माग गर्दै, किरात मुक्ति मोर्चा, लिम्बुवान मुक्ति मोर्चा लगायत विभिन्न पहिचानावादी दल तथा समुहहरुले आज लेटाङ्ग नगरपालिकामा तालाबन्दी गरेका छन।
प्रदेश नम्बर १ नामकरणको बिरोधमा लेटाङ्ग नगरपालिकाकामा ताला बन्दी गरेको हो। कोशी नाम खारेजीको माग गर्दै कोशी नाम पुनर्लेखन संयुक्त संघर्ष समितिले लेटाङ्ग नगरपालिकाका सबै वडामा तालाबन्दी गरेको छ।
बिराटनगरमा निषेधित क्षेत्र भित्र आन्दोलन गर्न खोज्दा ५ चैतमा प्रहरीको लाठीचार्जबाट घाइते भएका मोर्चाका नेता पदम लिम्बु(लाजेहांग) को धरानमा उपचारका क्रममा निधन भएपछी आन्दोलन थप उत्कर्षमा पुगेको हो।
प्रदेश नम्बर १ को नाम पहिचान बिरोधि रहेको कारण कोशी नाम खारेज गरी साझा पहिचानमा आधारित नाम राख्नु पर्नेमा उनीहरुको अडान छ। ‘कोशी’ नाम खारेजी नभए सम्म निरन्तर संघर्ष र बिरोध आन्दोलनका कार्यक्रमहरु जारी रहने बताइएको छ।
आन्दोलन र जनभावनालाई सरकारले गम्भीर रुपमा नलिए आगामी दिनमा थप ससक्त रुपमा आन्दोलन चकाउने सहभागी नेताहरुले चेतावनी समेत दिए।