काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । त्यसका लागि दलहरुलाई मन्त्रीको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दलहरुको नामावली आएपछि आजै दिउँसोसम्ममा नयाँ मन्त्रीहरुलाई शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । तर मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।










