डम्बरबहादुर विश्वकर्मा , जाँते-  “रक्तदान  जिवन दान” भन्ने मुल नाराका साथ मोरङ्गको लेटाङ्ग ८ जाँते  बजार स्थित पञ्चमुखी चौकमा नेपाल रेडक्रस सोसाइटी जाँते उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

यही चैत्र ११ गते सम्पन्न  उक्त रक्तदान कार्यक्रममा ४४ जना स्थानिय युवा-युवती, सामाजिक अगुवा , पत्रकार , बुद्धिजीवी आदिले रक्तदान गरेको उपशाखा जाँतेका सभापति प्रेम खड्काले वताए  ।

हाल बजारमा व्याप्त रक्त अभावलाई टार्न सहयोग गर्ने उद्देशले आयोजना गरेको उक्त रक्तदान कार्यक्रमलाई स्थानीय वडा कार्यलयले आर्थिक सहयोग गरेको थियो । नेपाल रेडक्रस सोसाइटी मोरङ्ग जील्ला शाखा सभापति सुवोध कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानिय वडाध्यक्ष भिम पोख्रेल स्थानिय समाज सेवी इन्द्र मावोहाङ्ग लगायत विभिन्न क्षेत्रका सामाजिक अभियन्ता समेतको उपस्थिति रहेको थियो ।

स्मरण रहोस् यस उपशाखाले २०५५ सालमा पनि रक्तदान कार्यक्रम सञ्चालन गरी १५ पोका रगत संकलन गरी संस्थालाई सहयोग गरी सकेको छ ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय