
काठमाडौं- मलेसियाको सरकारको गृहमन्त्री दातोक श्री सैफुद्दीन नासुशन इस्माइल आज नेपाल भ्रमणमा जानू हुने भएको छ। तीनदिने भ्रमणमा नेपाल जान लागेका इस्माइलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छन।
नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो। नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा छलफल हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै, नेपालले शून्य लागतमा कामदार मलेसिया जान पाउने वातावरण सुनिश्चितताका लागि पहल गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डुण्डुराज घिमिरेले बताउनुभयो ।
कामदार आपूर्ति गर्ने मुलुक भ्रमणका क्रममा मलेसियालीमन्त्री इजमायल नेपाल आउन लागेका हुन्। मलेसियाले नेपालसहित भारत, बंगलादेश र श्रीलंकाबाट ५ लाख कामदार लैजाँदै छ। वैदेशिक रोजगार व्यवसायीहरूले नेपालबाट कामदार पठाउने प्रक्रिया लामो रहेको जनाउँदै प्रक्रिया छोटो बनाउन र सेवाशुल्क परिवर्तन गर्न माग गरेका छन्।
गृहमन्त्री इस्माईलले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद अर्यालसँग भेट गर्ने कार्यक्रम रहेको छ।