रास्ट्रीय स्वतन्त्र पार्टीको सभापती रबि लामिछानेको यतिबेला चौ तर्फी आलोचना भइरहेको छ। सामाजिक संजाल प्रयोगकर्ताहरुमा लामिछाने बारे दुईमतमा बिभाजित देखिन्छ। बिहिवार सर्बोच्च अदालतमा उनको नागरिक्ता छानबिन बारे परेको रिट माथी सुनवाई गर्दै सांसद पद रद्द गरेपछि उनका आलोचक र समर्थक दुई कित्तामा बिभाजित रहेका छन।
एकातिर उनको समर्थक छन भने अर्का तिर आलोचक छन। संचार क्षेत्रबाट राजनीतिमा एकाएक उदाएका रबि लामिछानेले जसरी लोकप्रीयता सङै निर्वाचन पछी सत्ताको बागडोर सम्हाल्न पुगे त्यही दिन देखिनै उनको आलोचना शुरु भएको थियो। उप प्रधान सहीत गृहमन्त्रीको सपथ लिएको १ महिना नपुग्दै सर्बोच्चको फैसलाले उनिमाथी झट्का लागेको छ। यसरी उनको बर्तमान र बिगत नियाल्दा रबि लामिछाने धोकेबाज हुन भन्नमा कुनै कन्जुस्याइँ गर्नुपर्ने देखिदैन।
चितवनका मतदाता अर्थात जन्ताको आसा र,भरोसा माथि खेलवाड गरेका छन् भन्न कुनै आइतबार कुर्न पर्दैन। आजको दिन आउँछ भनेर लामिछानेलाइ राम्रोसँग थाहा थियो,थाहा हुदाहुदै पनि पटकपटक नागरिक्ताको बिषयमा कुरा उठेपछि उक्त बिषयलाइ चुनाव पुर्व समाधानको विकल्प खोज्नपर्ने थियो । अचम्मको कुरो त केछ,भने कानुन् त्यतिबेला कहाँ सुतेको थियो,जब संचारकर्मी बाट राजनीतिमा प्रवेश गरे,निर्वाचन आयोगमा आफ्नो पार्टी दर्ता गराए त्यसपछि चितवन २ बाट आफ्नो उम्मेदवारी दर्तागराए जितेर सांसद भए अहिले मन्त्री हुँदा सम्म नागरिकताको खोजी कार्य किन भएन ?
लामिछानेलाइ उनले भनेबमोजिम नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री को जिम्मेवारी पाएका थिए साच्चिकै भन्नू पर्दा रबि एउटा ब्यक्ति मात्र नभएर सिङ्गो युवा गरिब महिला दलित जनजाती आदिका बिश्वासका पात्र पनि हुन्,उनले संचारक्षेत्रमा हुँदा धेरै गरिब दुखी वैदेशिक रोजगारमा ठगिएका अलपत्र परेका असाय हरुको मलप पत्तिलगाउने काम गरेको ताजै छ । लामिछाने टुटेका छैनन उनको लागी यो एउटा अग्नि परिक्षा पनि हो,हुन त,उनको जीवन कालमा त्यस्ता अग्नि परिक्षा कति आए कति गए तर पनि यो एउटा चोटिलो पनि थियो,र सामान्य पनि थियो,केही बिग्रेको छैन,रवि दाइ पुण:चितवन बाट चुनाव लड्नको लागि तयार हुनुस किन युवाले चाहयो भने असम्भव भन्ने कुरा केही छैन ।
ढलेको रवि पुन: उठेर त्यहीँ ठाउमा गृहमन्त्री प्रधानमन्त्री हुन सक्छन,भोलि कसैले देझेको हुँदैन,आलोचक थोरै र शुभचिन्तक धेरै छन्, अब नेपालमा लामिछनेको मात्र नागरिकता छानबिन होइन, ती प्रत्येक सांसद उद्योगपति र पार्टीका अध्यक्ष उपाध्यक्ष,माहासचिव लगायतका ब्यक्तिहरुको पनि तुरुन्तै छानबिन हुनुपर्छ ।
त्यसपछी थाहा हुन्छ नेपालमा कतिजना सांसद मन्त्रीहरुको दोहोरो नागरिकता छ,भन्नेकुरा प्रष्ट हुन्छ, रहयो अर्को कुरा हामी नेपाली अभागी रहेछौ,न राम्रो नेता जन्माउन सक्यो न राम्रो देश नै बनाउन सके सानो देशमा भ्रष्ट लुटेर देश द्रोही दलाल पुजिबादले गाजगादेको छ जबसम्म साम्राज्यवाद र बिस्तारबाद लाई मालिक मानिरहन्छौ तबसम्म हाम्रो देशको हबिगत यस्तै हुने छ।
म जन्मे देखि आजसम्म हेर्दा त्यही नेता त्यही सांसद त्यही प्रधानमन्त्री अनि तिनी मन्त्री नेताहरुका आसेपासे हरुले दलाली गरिरहेका छन् म्यानपावर संचालन गरेर सोझा नेपालीहरुलाइ मुर्गा बनाएर खाडी मलेसिया जस्ता देशमा चर्को रकम असुलिरहेका छन् । तिनलाई कार्वाही कस्ले गर्ने तिनको लाइसन कस्ले चेकगर्ने ? ती बिषयहरुमा सरकारले कहिले बोलेको छ? एकजना म्यानपावर ब्यवसायी लाई कार्वाही गरेको इतिहास छ ? गणतन्त्र आयो गणतन्त्र ल्याउनमा माओवादी पार्टी र नेपाली जन्ताको अहम भुमिका छ। आज गणतन्त्र त, आयो तर नेपाली जन्ताको लागी कहाँ आयो भन्ने प्रश्न तेर्सिन्छ,देश आज संघीयतामा चलिरहेको छ,हिजोको दिनलाइ मापन गर्ने हो भने आज देशमा ठूलो कालाबजारी र भ्रस्टाचारिहरुको हालिमुहाली छ ।
हिजो एउटा राजा थियो “आज हजारौ राजाहरु भएका छन् ती छोटेराजाहरु लाइ पाल्नको निम्ति हामी नेपाली जन्ताले आफ्नो घर,गाइ भैंसी भेडा बाख्राको समेत करतिर्नु पर्छ”।, हामिले तिरेको करको तलब भत्ता खाएर हामी माथी रजाइ गर्छन्। अनि कहाँबाट बन्छ देश ? आजसम्म देश र जन्ताको लागी काम गर्ने नेता सायद जन्मेको छैन जस्तो लाग्छ। देश बनाउछु system बसल्छु भ्रष्टाचार लाई बन्द गर्छु भनेर अगाडी सर्ने नेता मन्त्रीलाइ कि खोलामा खसालेर मार्छन ,कि हेलिकप्टर दुर्घटनामा मारिन्छन ।
कि कुनै अभियोग लगायर जेल हाल्छन् । यहाँ गल्ती लामिछानेको मात्र होइन उच्च ओहदामा बस्ने कानुनबिदहरु र नेपाल सरकारको पनि गल्ती छ । लामिछाने त बिश्वास घाँटीनै हुन् जन्ताको अमुल्य मत लिएर ससद भए,ससद भएलगत्तै उपप्रधान,तथा गृहमन्त्री भए गृहमन्त्री भएपछी जन्ताको अथाह आशा र,भरोसा थियो ताकी रबिले अब सिस्टममा केही बदलाव ल्याउछ स्वदेशमा भएको बेरोजगार लाई पक्कै केही हदसम्म परिवर्तन गर्छन भन्ने पूरा बिश्वास थियो ।
बिचरा नेपाली जन्तालाइ के थाहा थियो कि लामिछाने अमेरकी नागरिक हुन भन्ने यो कुरा त, लामिछानेलाइ मात्र थाहा थियो, लामिछाने ज्यु जन्तालाइ यसरी झुक्याउनु थियो भने किन राजनीतिमा आउनु? त्यही न्युज २४ मै सिधा कुरा जन्तासंग को कार्यक्रम चलाएर बसेको भए अति उत्तम हुन्थ्यो । कम्तिमा त्यहाबाट गुण्डा, दलाल हरुलाइ थर्काएर एउटा उदाहरण काम त गर्नु भएको थियो। अब त त्यो पनि रहेन तपाइँको आफैले स्थापना गरेकोपार्टीको सभापति पद पनि चट भयो। सांसद पद पनि चट मन्त्री पदपनी चट भयो ।
अब तपाईंबाट हामी युवाहरुले के आशा गर्ने तपाईं त एकै चोटि आकाशबाट सिधै जमिनमा अवतरण गर्नु भयो । गल्ती तपाईकै हो आजको दिन आउँछ भन्नेकुरा तपाई लाई राम्रोसँग थाहा थियो,तर तपाइँ आफ्नै घमण्ड र मुर्खताले गर्दा जन्ताले आस गरेर भोट दिएर तपाइँ लाई सांसद बनाए, मन्त्री बनाए तर जन्ताको इच्छा चाहना पूरा नगरी आफ्नै बुद्धिले खुइलिनु भयो ।
संचारकर्मी हुँदा तपाइँले बोलेका कुराहरु फेसबुक र युटुवहरुमा अझै ताजै छन । ती मध्य एउटा काम पनि तपाइले गर्न सक्नु भएन। केहिदिन मन्त्री बनेर झण्डा हल्लाउँदै मन्त्रालय जानुभयो कर्मचारी ठेकेदारहरुसँग परिचय गर्दा गर्दै अदालतले गैर नेपाली प्रमाणित गरिदियो । साच्चिकै भन्ने हो,भने तपाइले नेपालको कानुन बिपरित कार्य गरेर पार्टी खोलेर सभापति बन्नुभएको रहेछ। भन्ने कुरा आज अदालतले प्रष्ट गरिदियो ।
तपाइँ आफैले सधै भन्दै आएको कुरो हतार नगरौ,बिस्तारै गरौ,हतारमा एक्सिडेन्ट् हुन्छ,सानो बाट ठूलो हुने हो,पहिला जग बलियो बनाउनुहोस् त्यसपछि घर आफै बलियो हुन्छ। “भनेर तर त्यो शब्द आज आफैमा लागू भयो रबि दाइ”आज अदालतले तपाइँ लाई अमेरीकन नागरिक प्रमाणित गर्दा बडो दुखित छु ।
उहीँ तपाइँको शुभ–चिन्तक संचारकर्मी
दिपक बि.क (संघर्ष ) हाल रोल्पा