काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा असाधारण मत पाएर प्रधानमन्त्री नियुक्त भएको बताएका छन् ।

गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्रीको रुपमा आफूले पाएको विश्वासलाई गौरव र चुनौतीका रुपमा लिएको बताए ।

‘यसपटक म प्रधानमन्त्री त भएँ, तर विश्वासको मत लिँदा यस्तो असाधारण परिस्थिति बन्यो कि मैले संसदमा असाधारण विश्वास पाएको छु,’ उनले भने, ‘मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु ।’

पुस्तकमा श्रेष्ठले प्रधानमन्त्री दाहालले शिक्षकका रुपमा गोरखामा बिताएको समयको संस्मरण समावेश गरिएको छ । कार्यक्रममा बोल्दै उनले आफू ४६ वर्षपछि गोरखाको जनप्रतिनिधिमा निर्वाचित भएको स्मरण गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय