काठमाडौं, १ असोज- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शुक्रबारसंगै भट्टराई निवासमा डिनर गरेसंगै माओवादी नेता कार्यकर्ता उत्साही भएका छन् ।

प्रचण्ड शुक्रबार साँझ टोखास्थित भट्टराई निवासमा डिनरका निम्ति पुगेका थिए । भेटमा दुई नेताले आफ्ना त्रुटिको समीक्षा गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

‘बादल (रामबहादुर थापा) जीले केही नयाँ गरौं भन्नुभयो। एमालेसँग मिलेर नयाँ प्रयोग गर्न खोजेको, केही नयाँ भएन। हामी आफ्नो बाटो लाग्दा नयाँ नहुँदो रहेछ,’ भेटमा प्रचण्डका भनाइ उद्धृत गर्दै मल्लले
भट्टराईले पनि यही महसुस गरेर एकै ठाउँमा आउने निर्णयमा पुगेको बताएको मल्लले जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचनमा भट्टराईको दल माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्दैछ। निर्वाचनपछि भट्टराई माओवादी केन्द्रमै फर्किने तयारीमा भए पनि माओवादी नेताकार्यकर्ता भने भट्टराई चुनाव आघीनै माओवादी केन्द्रमा फर्केको हेर्न चाहेका छन् ।

प्रचण्ड-भट्टराईको डिनर भेटघाट पछि लिइएको तस्वीर सामाजिक संजालमा पोस्ट गर्दै माओवादी नेताकार्यकर्ताले `खुशी´ व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय