नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ मा ३ जनाको नाम सिफारिस गरेको छ। १ नम्बरनिर्वाचन परिचालन समितिलाई दिएको आवेदनको आधारमा समितिले नाम सिफारिस गरेको हो।

क्रमसः राम बहादुर कार्की ‘बिमल’ सान्ता राइ र गोपाल नेपाली रहेका छन्। भने राम कार्की यस अघि २०७४ को निर्वाचनमा समेत प्रदेश सभा अन्तर्गत सामानुपातिक तर्फका उम्मेरद्वार सिफारिस भएका थिए। कार्की जनयुद्धका घाइते, अपांग समेत हुन्।

महिला तर्फ शान्ता राईको नाम सिफारिसमा परेको हो। भने उनि ०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट लेटांग नगर पालिका उप-प्रमुखका उम्मेरद्वार रहेकी थिईन।

यस्तै दलित तर्फ गोपाल नेपालीको नाम सिफारिस भएको छ। नेपाली पनी  माओवादी केन्द्रबाटै लेटांग नगरपालिका प्रमुखमा उम्मेरद्वार भइ ०७४ मा चुनाब लडेका थिए।

-हेर्नुहोस सिफारिस 

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय