उर्लाबारी- आउँदो मंसिर ४ मा हुन गईरहेको चुनाबमा प्रदेश सभा अन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं १ ‘ख’ मा नेकपा माओवादीबाट मौषम लिम्बुको नाम सिफारिस भएको छ ।

मौसमले यश अघि नै उम्मेदवारी घोसणा गरेका थिए पार्टीपंङ्ती र स्थानीय स्तरमा निक्कै लोकप्रिय युवा नेता मौषमको उम्मेदवारीका लागि नाम सिफारिस भएपछी कार्यकर्तामा उत्साह तथा भरोसा मिलेको छ ।

मैले लामो समय देखि मौसम जीवन नै समाज सेवा र जनताको सुखदुःखमा समर्पित गर्छु भनेर राजनीतिमा लागेको बताउछन । त्यसकारण पनि पार्टीले न्याय गर्छ भन्ने विश्वास छ ।

मौसमले भने ‘अबको नेतृत्व भनेको अग्रजलाई सम्मान गर्दै युवालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने अवस्था पनि आएको छ। त्यसकारण मैले उम्मेदवारी दिने घोषणा गरेको थिए,नाम सिफारिस भएको छ । र, मलाई पार्टीले न्याय गर्छ भन्नेमा विश्वस्त छु ।’ उनले आफूलाई पार्टीले टिकट दिए निर्वाचन जित्ने समेत बताए ।

उनले भने ‘जनआन्दोलमा घाईते भएको व्यक्ति हुँ र पटक÷पटक आन्दोलन गर्दा प्रहरी हिरासतमा पनि बसेको छु। मोरङ बिकट ठाउँ वारङ्गी लेटाङको माटोमा हुर्किए त्यसैले यहाँको समुदायको समस्या बुझेको छु । उमेरले पनि युवा छु देश र समाजकालागि पनि केही गरौँ भन्ने भावना छ । त्यसकारण पनि पार्टीले टिकट दिने कुरामा विश्वस्त भएको हुँ ।’

को हुन् मौसम ?
नेकपा माओवादीका जिल्ला सम्वन्वय समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर १ का संयोजक मौषम पार्टी निकट लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव हुन् । उनी लेटाङ-३ नम्बर वडा निवासी हुन् ।

तत्कालीन नेकपा माओवादीको २०५६- ५७ गाउँ इकाईको सम्पर्क समितिमा बसेर पार्टीमा निरन्तर लागिरहेका मौषम प्रष्ट वक्ता भित्र पर्छन । अखिल कान्तिकारी विद्यार्थी संगठन , जनबर्गिय संगठन लिम्बूवान मुक्ति मोर्चा नेपालमा आवद्ध भई संगठनको काम गर्ने क्रममा मौषम २०५८ साल भदौं १७ गते नेकपा माओवादीको पूर्णकालिन भइ बिभिन्न शैन्य तथा सांगठनिक गतिविधीमा सक्रिय रहेका थिए ।

२०५८ साल फागुन १० गते जिल्लाबाट विधिवत रुपमा पार्टीको सदस्यता लिएका मौषमले पार्टीको काम गर्ने शिलशिलामा जेलनेल पनि भोगेका छन् । माओवादी आन्दोलन र संघर्षमा कतिपनि विचलित नभई लागि परेका मौषम पार्टीको निर्देशन बमोजिम काम गर्ने शिलशिलामा २०६० साल माघ २० गते बेलबारीबाट गिरफतार भएका थिए ।

मौषम शान्ति सम्झौता अनुरुप २०६३ भदौं ३० गते रिहा भएका थिए । मौषमले प्रदेश सभाको टिकट पाए ,जितेर देखाउने दावी गरेका छन् । उनले प्रष्ट रुपमा भने–भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न राजनीति गर्ने हो । ‘पिछाडीको मोरङ क्षेत्र नम्बर १ ‘ख’ बिकास गर्नु मेरो उत्कट चाहाना हो ।

उनले शिक्षा, सञ्चार सडक र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउन सके गरिवीको अन्त्य हुने बताउँदै अबको मिशन चार ‘स’मा केन्द्रित हुने बताए । पार्टीमा लोकप्रिय मौषमले टिकट पाए जितेर देखाउने बताँउदैं आफू जतिको कार्यकर्ताको मूल्याङ्कन हुनुपर्ने बताउँछन् ।
– प्रस्तुति : तेजन खड्का

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय