काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो ।

नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको र त्यसपछि प्राविधिक समस्या नभए आज नै नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । नतिजा राष्ट्रिय परिक्षा बोर्डको वेबसाइटमा गएर हेर्न सकिनुको साथै नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर हेर्न सकिनेछ ।

त्यस्तै नतिजा मोबाइलबाट १६०१ मा डाइल गरेर र १६०० मा एसएमएस गरेर पनि हेर्न सकिने बोर्डले जनाएको छ ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय