काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट वाँडफाँटका लागि गठन भएको कार्यदलले भागवण्डा टुङ्गोमा पुर्‍याउन ‘असफल’ भएको छ। कार्यदलस्तरमा भागबण्डा नमिलेपछि अब शीर्ष नेतालाई नै त्यसको जिम्मा लगाइने भएको छ।

सिट संख्याको दाबीबाट कुनै दल पछि हट्न तयार नभएपछि सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदल बैठकमा हिजो कुनै प्रगति भएन । कार्यदलका सदस्य समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब शिर्ष तहमै छलफल गर्ने सहमतिमा कार्यदल पुगेको बताए। उनका अनुसार कार्यदलले प्रदेश र प्रतिनिधि सभाका लागि केही मोडालिटी बनाएपनि कार्यदलमा सिट संख्याबारे कुरा मिल्न सकेको छैन जस्ले गर्दा गठबन्धनलाई सकस परेको छ।

मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन बनेको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो ।

सहमति नभएपछि अहिलेसम्म कार्य दलमा उठेका विषय शीर्ष तहलाई जानकारी गराउने सहमति भएको छ ।

कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमूलक हुन नसकेको बताए । यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय