सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । आज राती १२ बजेदेखि नै मूल्य समायोजन गर्ने निगमले तयारी गरेको छ ।
यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज दिउँसो साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दै छन् । हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।

यस्तै सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले पनि पेट्रोलियम पदार्थमा लिइँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय