काठमाडौं- सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन् ।आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घो’षणा हुने भएको छ ।
ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । तर, स्वतन्त्र ल’ड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् ।पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने नि’धोमा लामिछाने पुगेका हुन् ।
संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ । रवि स्वयम् भने प्रत्यक्षमा नै ल’ड्नेछन् ।रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन् ।
यो पनि : ठ्याकै मिल्यो ओलीको बोली !
काठमाडौं । अग्रमनका लागि बनाईएको भनिएको सत्ता गठबन्धन आन्तरिक किचलोमा फसेको छ । निल्नु न ओकल्नु बनेको गठबन्धनको आन्तरिक हानाथापका कारण आम जनता भने सास्ती खेपिरहेका छन ।
कसरी सत्ता टिकाउने भन्ने खेलमा गठबन्धन लाग्दा न त सरकारले चाहे जस्तो काम गर्न सकेको छ न त पार्टीहरुको आन्तरिक एकता बलियो हुन सकेको छ ।संविधान र गणतन्त्रको रक्षाका लागि पाँच दलिय गठबन्धन बन्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको आ’रो’प थियो
–राष्ट्र निर्माणका लागि नभई आफ्नो निहित स्वार्थ परिपूर्ति गर्न र अस्तित्व बचाउनका लागि लोभीपापीले गठबन्धन गरे । एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्न नसक्नेहरु एक भए आफ्नै दलको सरकार ढालेर विपक्षीलाई किस्तीमा बुझाए ।
ओलीको यहि आरोपका वीच गठबन्धन दलहरु भने यो अग्रगमनको सरकार भएको दावी गर्न लागि परेका थिए । निकै लामो आन्दोलन गरेर ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र नेपालको संविधान,
२०७२ लाई बचाउन गठबन्धनमा गएको बताउने उनीहरुले मुद्दा हेरेर गरिएको चुनावी एकताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर होइन, मजबुत बनाउने बताएका थिए । तर यसबीचमा एमसीसी, चुनावको मिति घोषणा, एसपीपीसम्म आउँदा गठबन्धन लखराउने अवस्थामा पुगेको छ ।
स्थानीय तह निर्वाचको नतिजाले केहिको मन कुडिएको छ ।बरु वाम गठबन्धनको धम्की र प्रधानमन्त्री बन्ने अफरको खुलासा गर्दै उनीहरु हिस्सेदारीको लडाई गरिरहेका छन । यहिवीचमा नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्म गठबन्धन कायम रहने बताएका छन् ।
निर्वाचन प्रणालीले नै गठबन्धन गर्न बाध्य पारेको बताएका उनले एउटै दलको बहुमतको संभावना एकदमै कम रहेका कारण यो अवस्था आएको बताए । नेपालले गठबन्धनको सम्बन्ध सरकार निर्माणसंग जोडिरहँदा कांग्रेसका नेताहरु समेत अहिलेकै गठन्धनलाई जोगाएर निर्वाचनमा जाने पक्षमा देखिएका छन् ।
गठबन्धनभित्र बाध्याताको जाँतोमा सबैभन्दा बढि एकीकृत समाजवादी पिसिएको छ । पूर्वसहमती अनुसार मन्त्रीमा आफ्ना पार्टीका नेताहरुको नाम सिफारिस गरेको भएपनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण निर्णय कार्यन्वयन भएको छैन ।
जुन आफ्नो पार्टीको सार्वभौम अधिकारमाथि प्रहार भएको समाजवादीका नेताहरुको भनाई छ । तर आफ्नो पार्टीमा समस्या देखिने भन्दै देउवा प्रचण्ड एकीकृत समाजवादीको निर्णय मान्न तयार भएका छैनन् । यहि अवस्था अर्थमन्त्री र पर्यटन मन्त्रीको सवालमा पनि छ ।
पटक पटक पटक विवादीत बनेपनि प्रधानमन्त्री देउवा उनीहरु सामु लाचार देखिएका छन । यता, मन्त्री हेरफेरमा ढिलाइ भएसँगै बाहिरिन तयार मन्त्रीहरुलाई सिंहदरबारका कर्मचारीहरुले समेत टेर्न छाडेको खबर समेत बाहिरिरहेका छन ।गठबन्धनको यहि रस्साकस्सीको व्यवस्थापनको प्रभाव भने सरकारमा पर्ने गरेको छ ।
राजनीतिक विश्लेषकहरु समेत गठबन्धन अहिले खुसी नभएको बताउन थालेका छन । तर गठबन्धन तोडे सत्ता पनि जाने र निर्वाचनमा पनि सकस पर्ने प्रधानमन्त्री देउवाको बुझाई छ ।जसको प्रभाव सत्ता सन्चालनमा समेत देखिएको र चुनावको मिति घोषणा र संसद विघटनको विकल्पमा समेत देउवा तयार रहेको,
राजनीतिक विश्लेषकहरुको बुझाई छ । हुन त गठबन्धनका कारण काम गर्न असहज भएको कांग्रेस नेताहरुको अभिव्यक्ती नै दिएका छन । त्यस्तै भाग खोज्ने भन्दा माथि गठबन्धन किन पुगेन भन्ने कुरा घटक दलहरुले नै जवाफ दिन सक्ने अवस्था छैन ।
जसले बढ्दो महङ्गी, मल अभाव र जनजीविकाका सवालमा सरकार अनुत्तरदायी बन्दा पनि बहानाको आधार बनेको छ । देश र जनताका लागि एक भएका भनिएकाहरु जनजीविकाको सवालमा किन एक ठाउँमा उभिन सक्दैनन् रु प्रश्न टड्कारो रुपमा उठेको छ ।









