६ असार,जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासिचव नेत्रविक्रम चन्द (विप्लव)ले आफ्नो अराजकता प्रति आत्मालोचित हुदै पार्टीमा फर्किन कञ्चन र सुदर्शन समुहलाई आग्रह गर्नु भएको छ ।

कर्णालीको जुम्लामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सोमवार संवोधन गर्दै महासचिव विप्लवले चुनावको कार्यनीतिलाई संसदवाद देख्नु र पार्टी फुटाउनु क्रान्तिकारी नहुने स्पष्ट पार्नु भयो ।

महासचिव विप्लवले दसौं केन्द्रीय समितिको वैठकमा चुनावमा जानु पर्छ कि भनेर कञ्चन र सुदर्शन जीले नै प्रस्ताव गरेको खुलासा गर्दै चुनावकै विषय वनाएर अहिले पार्टी फुटाउनु जाहेज नभएको वताउनु भयो ।

उहाँले चुनाव साहायक कुरा हो उहाँहरु दुवै जनामा विचारमा नै विचलन आउनु र दुष्टिकोणमा नै त्रुटि हुुनुले पार्टी फुटाउनु भएको ठोकुवा गर्नु भयो ।
महासचिव विप्लवले चुनाव प्रयोगले संसदवादी देख्ने साथीहरुले २०४८,२०६४ र २०७४ सालमा किन नदेखेको भनि प्रश्न गर्नु भयो । उहाँले क्रान्तिको फाईदाका लागि कहिले चुनाव प्रयोग हुन सक्छ भने कहिले चुनाव वहिष्कार हुन सक्छ भन्नु भयो ।

उहाँले इतिहासमा लेनिनले पनि चुनाव प्रयोग गरी क्रान्तिकारी फाईदा लिनु भएको कुरा कोट्याउदै नेपालमा पनि क्रान्तिको फाईदाको लागि चुनाव प्रयोग हुदै आएको प्रट्याउनु भयो ।

उहँले भन्नु भयो “यसलाई संसदवादी देख्ने साथीहरुले पार्टीमै वसेर वहस गरेपनि हुन्थ्यो किन ? एक हप्ताकै संघर्ष वाट झोला वोकेर भागेको होलान ।”
उहाँले रणनीति कार्यनीति र कार्यदिशामा कुनै अन्तर नभए पछि र सच्चा हिसावले क्रान्ति गर्ने मनसाय भए पार्टी अलग हुन नपर्ने वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय