लेटाङ- बैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय निर्वाचनको माहोल लेटाङ्ग नगरमा तातिएको छ। नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र चुनावी तालमेल सहित गठबन्धन गरेर निर्वाचनमा होमिएको छ। निर्वाचन नजिकिदै गर्दा प्रत्येक वडाबासिहरुमा गठबन्धनका उम्मेदवारहरु भोट माग्न ब्यस्त छन।
सनिवार वडा नम्बर -३ मा गठबन्धनका प्रमुख, उप-प्रमुख,वडा अध्यक्ष सहित सदस्यहरुले बजार क्षेत्र परिक्रमा गरि मत मागेका छन। भने अधिकाक्ष लेटाङबासिहरुको चाहाना पनि गठबन्धनका सङ्युक्त उम्मेदवार लाई जिताउनुपर्ने बताउछन।
चुनाबी अभियानमा सहभागी एकले भने यसपालि काङ्ग्रेस र माओवादी संयुक्त रुपमा चुनाबी मैदानमा उत्रेका छन। जित्नेमा कुनै शङ्का छैन।


























