लेटाङ- बैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित विभिन्न कार्यक्रमहरु तालिका अनुसार तिब्र गतिमा संचालन भइरहेका छन।कार्यक्रम तालिका अनुसार शुक्रबार साझ लेटाङ नगरको ४ नम्बर वडा अन्तर्गतका सबै स्थानहरुमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रमुख ज्ञानेन्द्र ढकाल र उप प्रमुख पदका उम्मेदवार कृष्ण लम्सालले जन्ताक घरघरमा गएर मत मागेका छन।

जन्ताका घरदैलो कार्यक्रम पछी कोण सभामा परिणत भएको थियो। सभालाई नेपाली काङ्ग्रेसका निवर्तमान वडा वडा सदस्य तथा नगर पदाधिकारीहरुले सम्बोधन गरेका थिए। भने निवर्तमान नगर प्रमुख शंकर राईले समेत प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए।
यसैगरी गठबन्धनका साझा नगर प्रमुखका उम्मेदवार ज्ञानेन्द्र ढकालले जन्ताले बिश्वास गरेर निर्वार्चित गराए स्थानीय भाषा भाषिमा आधारित पाठ्यक्रमको सुरुवात गर्ने, बिपन्न बर्गका लागि छात्रा वृत्ति कार्यक्रम ल्याउने र लेटाङमा रहेका ७०% अव्यवस्थित बस्ति ब्यावस्थानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन।
“ढकालले भने” यो गठबन्धन जित्नका लागि मात्र होइन षडयन्त्रकारी र निरंकुशता बिरुद्धको लडाई हो। हामिलाई कुनैपनी हालतमा हार्न छुट छैन। यता गठबन्धनकै अर्का उप-प्रमुख उम्मेदवार कृष्ण लम्सालले प्राकृतिक श्रोत साधनको भरपुर सदुपयोग गरि नेपालकै नमुना पालिका लेटाङलाई बनाउने जिम्मा गठबन्धनका उम्मेदवार माथी रहेको बताए।

यस्तै लेटाङका दुर्गम बस्तिमा सास्ती खेपिरहेका जन्ताका जन चाहाना अनुसार बिकासमा जोड दिने र बाटो घाटो निर्माणका बाकी कामलाई पूरा गर्न गठबन्धन उम्मेदवार लाई मतदान गर्न अनुरोध गरेका छन। मुलुकमा शान्ती स्थापना र प्रजातान्त्र प्राप्तिका निम्ति नेपाली काङ्ग्रेसले खेलेको भुमिकालाई प्रसंशा गरेका छन।
नेकपा माओवादी केन्द्रले राजतन्त्र विरुद्ध १० बर्षे जनयुद्धमा गरेको त्याग तपस्या र सहिदहरुको सपना साकार पार्न पनि आफुले उम्मेदवारी दिएको बताए। जन्ताले गठबन्धन लाई बिश्वास गरेर मत दिए लेटाङ्गलाई आधुनिक सहर बनाउने र पर्यटनको ठूलो सम्भावना बोकेका लेटाङ्गका पहाडी क्षेत्रलाई बिकास गर्ने योजना रहेको बताए।
“उनले भने” उत्तरी मोरङको इतिहासमा स्थानीय सरकारमा सहभागी हुने पहिलो माओवादीको सङ्कल्प लाई जन्ताले बिश्वास गरेर पुरा गरे लेटाङमा जति बिकास भए त्यो भन्दा दोब्बर बिकास निर्माणका नीति र योजना बनाई कार्यनयन गर्ने छु। यो अभियानमा जन्ताले साथ र सहयोग गर्नु पर्यो।











