रक्त समूह अनुसार पनि हामीले खाने खानाको प्रभाव रहन्छ । कुन रक्त समूहको व्यक्तिलाई कस्तो खाना उपयुक्त हुन्छ भन्ने कुराको सामान्य ज्ञान हुनुपर्छ । रक्त समूहलाई मध्यनजर गरेर खानपान छनौट गर्दा शरीरलाई त्यसबाट बढी लाभ पुग्छ ।
एन्टीजेन मार्कर के हो ? हरेक प्रकारको ब्लडमा एक खास प्रकारको एन्टीजेन मार्कर हुन्छ । यस मार्करले खाना पचाउनमा सहयोग गर्छ । यो एन्टीजेन मार्करले अलग–अलग खानामा अलग–अलग तरिकाबाटै प्रतिक्रिया जनाउँछ । यदि यसको पहिचान गरेर सहि ढंगबाट डाइट लिएमा स्वास्थ्य रहन सकिन्छ ।
रिर्सचले के भन्छ ? अमेरिकाको नेचुरोप्याथी एक्सपर्ट डाक्टर पीटर जे डीको रिर्सचको अनुसार हरेक व्यक्तिले खाने खाद्य पदार्थ उनको ब्लड ग्रुपसँग रसायनिक रुपबाट प्रतिक्रिया गर्छ । यदि हरेक मानिसले आफ्नो रक्त समूह अनुसार खाना खाएमा शरीरले राम्रोसँग खाना पचाउन सक्छ । राम्रोसँग खाना पच्नु भनेको तौल नियन्त्रण हुनु पनि हो । शरीरमा एक्स्ट्रा फ्याट जम्नुबाट पनि रोक्छ ।
डाक्टर पीटर विश्वमै ब्लड ग्रुपको हिसाबबाट डाइट लिनुपर्छ भन्ने सिद्धान्तको लागि परिचित छन् । उनको अनुसार ब्लड ग्रुपको हिसाबले खाना खाएमा शरीरमा धेरै मात्रामा उर्जा मिल्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । हरेक व्यक्तिको पाचन शक्ति र प्रतिरोधी क्षमता उसको रक्त समूहमा निर्भर रहन्छ ।
किन खाने रक्त समूह अनुसार खाना: हरेक खानामा लेक्टिस नामक प्रोटिन हुन्छ । अलग–अलग रक्त समूहको व्यक्तिको रगत खानामा पाइने यस प्रोटिनमा फरक किसिमको प्रतिक्रिया जनाउँछ । जसको सिधा असर हाम्रो स्वास्थ्यमा पर्न जान्छ । रक्त समूह अनुसारको डाइट चार्ट तयार गरेमा लाभदायक हुन्छ । जसले तौल नियन्त्रणमा पनि सहयोगी भुमिका खेल्छ ।
तर प्रश्न उठ्न सक्छ, तौल नियन्त्रण गर्न ब्यक्तिगत डाईट चार्ट वा तालिका बनाएर पनि गर्न सकिन्छ रक्त समूह डाइट नै किन लिने ? किनभने हरेक व्यक्तिको पाचन क्षमता र प्रतिरोधात्मक क्षमता उसको रक्त समूहमा निर्भर रहन्छ । रक्त समूह अनुसार खाना खाँदा सानोतिनो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
प्रतिक्रिया कसरी गर्छ: डाइट थियोरी अनुसार जब हामी खाना खान्छौ, हाम्रो रगतमा एक प्रकारको मेटाबोलिक प्रतिक्रिया हुन्छ । यस्तोमा हामीले खाएको खानामा भएको प्रोटिन र विभिन्न ब्लड ग्रुपमा भएको एन्टिजेनमा परस्पर प्रतिक्रिया हुन्छ । खराब भोजन गर्नाले एन्टिजेनमा प्रतिक्रिया गर्छ । लेक्टिस टाँसिने किसिमको प्रोटिन हुन्छ । यो लेटिक्स जुन रक्त समुसँग मेल खाँदैन, शरीरको कोशिकाहरुमा हानी पुर्याउँछ । भोजनबाट प्राप्त गर्ने लेक्टिस हानिकारक हुँदैन तर अलिअलि भए पनि हाम्रो शरीरमा असर गर्छ । यदि यो लेक्टिस रक्त समूहसँग मेल खाएन भने शरीरमा जलन र सूजन हुन सक्छ ।
ब्लड ग्रुप र रोग प्रतिरोधक क्षमता : ‘ओ’ रक्त समूहको व्यक्तिहरुमा प्रायजसो एग्जिमा, एलर्जी, ज्वरो आदि हुने आशंका बढी हुन्छ । ‘बी’ रक्त समूह भएको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । ‘एबी’ रक्त समूह भएको व्यक्तिलाई सानो तिनो बिरामीले छुँदैन । तर यो समुह भएको व्यक्तिलाई क्यान्सर, एनिमिया वा मुटुको रोग लाग्ने सम्भावना अधिक हुन्छ ।
जस्तो ब्लड ग्रुप त्यस्तै खाना: रक्त समूह अनुसारको आहारले तन्दुरुस्त रहन मद्दत गर्छ । रक्त समूहको हिसाबले खाना खाएमा स्वास्थ्यको दृष्टिकोणले धेरै लाभदायक हुन्छ । स्वस्थ शरीरको लागि रक्त समुह अनुसारको खानपानले प्रभाव पार्छ । शरीरलाई स्वस्थ राख्नको लागि सन्तुलित आहारसँगै आफ्नो रक्त समुह अनुसारको उचित खानपानमा ध्यान दिँदा दुई गुणा बढी फाइदा हुन्छ । रक्त समुह अनुसारको आहार लिँदा नेगेटिभ र पोजेटिभ दुवै रक्त समुहको एकै प्रकारको आहार लिनुपर्छ । कुन रक्त समूह भएको व्यक्तिले कस्तो आहार लिने ?
रक्त समूह ‘ए’ शाहाकारी भोजन: रक्त समूह ‘ए’ भएको व्यक्तिले मांसाहारी भन्दा शाहाकारी भोजन लिनु उत्तम हुन्छ । यो समुह भएको व्यक्तिको प्रतिरक्षा प्रणाली संवेदनशिल हुन्छ । यो समुह भएको ब्यक्तिले लागि हरियो सब्जी, अन्न, अंकुराएको गेडागुडी, फल ड्राई फ्रुट्स, ब्रेड, नुडल्स, चाइनिज फुड, डिनर रोल, बर्गर जस्ता खानेकुरालाई प्राथमिकता दिनुपर्छ । तौल घटाउनको लागि मासु, दुधबाट बनेको परिकार, गहँु प्रतिबन्धित गर्नुपर्छ ।
अन्य रक्त समूहको तुलनामा यो ग्रुप भएको ब्यक्तिको पाचन शक्ति कमजोर हुन्छ । मासु तथा दुधबाट बनेको परिकार पचाउन सक्दैनन् । पेटसँग जोडिएको समस्या हुने सम्भावना बढी हुन्छ । समुह ‘ए’ को रगतमा गाढापन बढी हुने भएकोले सब्जी र फलफुलको प्रयोग बढी गर्नुपर्छ । क्षारयुक्त फलको सेवन गर्दा फाइदा हुन्छ । मांसाहारी खाना खाने हो भने रेड मिटको सट्टा माछाको प्रयोग गर्न सकिन्छ ।
समूह ‘बी’ संयमित आहार: रक्त समूह ‘बी’ भएको ब्यक्तिले विभिन्न किसिमको भोजन लिन सक्छन् । दुधबाट बनेको परिकार सन्तुलित मात्रामा लिनुपर्छ । हरेक प्रकारको गेडागुडी, सब्जी, अन्न खान सक्छन् । रक्त समूह ‘बी’ भएको ब्यक्तिलाई सबै प्रकारको खाना सुट गर्छ । तर खाना संयमित भएर खानुपर्छ ।










