काठमाडौं, जनता समाजवादी (जसपा)को हुम्ला जिल्ला समिति नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ ।

आइतबार सिमिकोटमा पार्टी समायोजना कार्यक्रम गरेर उनीहरुलाई स्वागत गरिएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार विरजङ्ग शाही लगायत जसपाका ४ केन्द्रीय सदस्य, १५ प्रदेश सदस्य र ८३ जना जिल्ला सदस्यसहित करिब १ हजार १ सय नेता-कार्यकर्ताहरु माओवादीमा समाहित भएका हुन् ।

उनीहरुलाई शाही र माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसीले पार्टीमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय