लेटाङ- नेकपा माओवादी केन्द्र वडा नम्बर-३ अन्तर्गतको वडा समिति द्वारा शुक्रबार समवेदना हस्तान्तरण गरिएको छ।

लेटाङ ३ नम्बर वडा अन्तर्गतको माझि टोल समिति सदस्य दिपक माझिको बुवा स्व: मान बहादुर माझी को दिवाङत आत्मको चिरशान्तीको कामना सहित परिवारजन लाई हौसलाका लागि पार्टी कमिटीले आर्थिक सहयोग समेत गरेको छ।

स्व: मान बहादुर माझिको १३ औं पुण्य तिथिको अवसरमा नेकपा माओवादी केन्द्र लेटाङ नगर समितिको -३ नम्बर वडा कमिटीले एक औपचारिक कार्यक्रमका बिच रु,६३०० रकम सहित समवेदना पत्र हस्तान्तरण गरेको हो।

माओवादी केन्द्र मोरङ जिल्ला समन्वय समिति सदस्य तथा लेटाङ नगर समिति सह-इन्चार्ज मौसम लिम्बू, जिल्ला समन्वय समिति सदस्य, अर्जुन लिम्बू,नगर सदस्य सन्त राज लिम्बू, ३ नम्बर वडा अध्यक्ष नवीन राई, सदस्य भक्त राज राई, टंक नाथ लिम्बू, प्रेम लिम्बू र उपेन मगरको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय